बिहीबार, भदौ २५, २०८३

उप्रेतीको ‘हंस’लाई 'पद्मश्री', मोदनाथलाई ‘पद्मश्री साधना’ सम्मान

 |  आइतबार, असोज ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ११, २०७७

काठमाडौं– यस वर्षको  पद्मश्री साहित्य पुरस्कार समालोचक तथा उपन्यासकार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’लाई दिइने भएको छ। 

‘हंस’मा लेखकले मानिसद्वारा निर्मित देश, कानुन तथा संस्कारले प्रेम र सम्बन्धमा बनाएको जटिलता अनि त्यसले मानिसलाई नै कसरी थिचिरहेछ र बोझ बनाइरहेछ भन्ने कुरा प्रकृति तथा हाँसको कथासँग जोडेर स्वैरकाल्पनिक शैलीमा प्रस्तुत गरेका छन् ।

त्यस्तै यस वर्ष (२०७६) को ‘पद्मश्री साधना सम्मान’ साहित्यकार मोदनाथ प्रश्रितलाई दिइने निर्णय खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले गरेको छ।  

साहित्यकार प्रश्रितले ६ दशकदेखि नेपाली काव्य, निबन्ध, नाटक, आख्यान, समालोचना तथा संस्कृति लेखनका माध्यमबाट समाज रुपान्तरण तथा राष्ट्रिय एकतामा  योगदान पुर्याउँदै आएका छन। 

पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको राशी तीन लाख रहेको छ।

२०६३ सालदेखि खेमलाल–हरिकला लामिछाने प्रतिष्ठान चितवनले नेपाली साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएको पुस्तकलाई प्रत्येक वर्ष ‘पद्मश्री साहित्य पुरस्कार’ दिँदै आएको छ। 

त्यस्तै २०६७ सालदेखि प्रतिष्ठानले साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्ने  वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान अर्पण गर्दै आएको छ ।

दुवै सम्मान तथा पुरस्कार प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिँदै आएको थियो। 

‘यसपटक कारोना महामारीको विषम परिस्थितिछ,’ प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले भने, ‘अनुकूल समय मिलाएर चाँडै अर्पण गर्छौँ।’ 

प्रकाशित: Sep 27, 2020| 05:13 आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।