शनिबार, भदौ १३, २०८३

चेल्सी : सुरुवाति तीन खेलमा एक हार, एक जित र एक बराबरी

इंग्लिस प्रिमियर लिग (ईपीएल)को २०२०÷२१ सिजनअन्तर्गत चेल्सीले तेस्रो खेलमा वेस्ट ब्रुमसँग बराबरी खेलेको छ। 
 |  आइतबार, असोज ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ११, २०७७

काठमाडौं– इंग्लिस प्रिमियर लिग (ईपीएल)को २०२०÷२१ सिजनअन्तर्गत चेल्सीले तेस्रो खेलमा वेस्ट ब्रुमसँग बराबरी खेलेको छ। 

वेस्ट ब्रुमको रंगशाला दी हावथोर्नमा सम्पन्न खेलमा चेल्सीले घरेलु टिमसँग ३–३ गोलको बरबरी गरेको हो।

चेल्सीका लागि मेसन माउन्ट, क्यालम हुडसन ओडी र टामी अब्राहमले समान १–१ गोल गरे। यता वेस्ट ब्रुमका क्यालम रोबिन्सनले दुई गोल गरे भने क्याली बार्टलीले एक गोल गरे।

खेलको चौथो मिनेटमै रोबिन्सनले गोल गर्दै वेस्ट ब्रुमलाई अग्रता दिलाए। उनले नै २५ औं मिनेटमा दोस्रो गोल गरे। दोस्रो गोलको दुई मिनेट नबित्दै बार्टलीले गोल गरेपछि पहिलो हाफमै चेल्सी तीन गोलले पछि पर्यो।

पहिलो हाफमा पछि परेको चेल्सीले दोस्रो हाफमा कमब्याक गर्दै खेललाई बराबरीमा ढाल्यो। 

५५ औं मिनेटमा माउन्टले गोल गर्दै चेल्सीलाई लयमा फर्काए। त्यस्तै, ७० औं मिनेटमा चेल्सीका लागि दोस्रो गोल ओडीले गरे।

इन्ज्युरी समयमा गोल गर्दै अब्राहमले खेललाई बराबरीमा ल्याए। यससँगै चेल्सीले अंकतालिकामा ४ अंक बनाएको छ। 

उसले पहिलो खेलमा ब्राइटोनलाई पराजित गर्दै तीन अंक जोडेको थियो भने दोस्रो खेलमा लिभरपुसँग पराजित भएको थियो।

गएराति सम्पन्न अर्को खेलमा क्रिस्टल प्यालेसले एभर्टोनसँग २–१ गोलको हार बेहोरेको छ भने साउथह्याम्टनले बर्नलीविरुद्ध १–० गोलको संघर्षपूर्ण जित निकालेको छ।

प्रकाशित: Sep 27, 2020| 02:47 आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।