आइतबार, असार २८, २०८३

इन्टर मिलानमा भिडालको डेब्यू जित, एटलान्टा र लाजियो पनि लयमा

फियोरेन्टिनालाई हराउँदै इन्टर मिलानले इटालियन सिरी–एको नयाँ सिजनमा पहिलो जित निकालेको छ। 
 |  आइतबार, असोज ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ११, २०७७

काठमाडौं– फियोरेन्टिनालाई हराउँदै इन्टर मिलानले इटालियन सिरी–एको नयाँ सिजनमा पहिलो जित निकालेको छ। 

उसले घरेलु मैदानमा पहुना टिम फियोरेन्टिनालाई ४–३ गोलअन्तरले हराएको हो।

जितका लागि लौतरो मार्टिने, रामेलु लुकाकू र डानियालो डिअम्ब्रिसियोले समान १–१ गोल गरे भने फियोरेन्टिनाले एक गोल आत्मघाती पायो।

यता फियोरेन्टिनाका लागि पनि क्रिस्टियन कोउमे र गोइटानो क्यास्ट्रोविली र फेडरिको चिइसाले समान १–१ गोल गरे।

पहिलो खेलमा जितसँगै मिलानले ३ अंक बनाएको छ। सिरी–एको सिजनको पहिलो खेलमा स्पेनिस क्लब बार्सिलोनाबाट इटाली गएका अर्थुरो भिडालले पनि डेब्यू गरेका थिए।

त्यस्तै, शनिबार राति नै सम्पन्न अर्को खेलमा एटलान्टाले टोरिनोकै मैदानमा घरेलु टिमलाई ४–२ गोल अन्तरले हराएको छ। पहिलो खेलमै जित निकाल्दै एटलान्टाले पनि अंकतालिकामा तीन अंक बनाएको छ।

त्यस्तै, लाजियोले काग्लिरीलाई २–० गोलले हराउँदै सुरुवाति जित निकालेको छ।
 

प्रकाशित: Sep 27, 2020| 01:56 आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।