आइतबार, असार २८, २०८३

आईपीएलमा कलकत्ताको पहिलो जित

कलकत्ता नाइट राइडर्स(केकेआर)ले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पहिलो जित निकालेको छ। 
 |  आइतबार, असोज ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ११, २०७७

काठमाडौं- कलकत्ता नाइट राइडर्स(केकेआर)ले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पहिलो जित निकालेको छ। 

शनिार राति सम्पन्न खेलमा उसले सनराइजर्स हैदराबादलाई ७ विकेटले हराउँदै जित निकालेको हो। टस जितेर ब्याटिङ रोेजेको हैदराबादले चार विकेटको क्षतिमा सम्पूर्ण ओभर खेल्दै १४२ रन बनाएको थियो। 

१४३ रनको लक्ष्य पछ्याएको केकेआरले तीन विकेटको क्षतिमा दुई ओभर बाँकी रहँदै १४५ रन बनाएर खेल जित्यो।

हैदराबादका लागि मनिष पाण्डेले ५१ रनको अर्धसतकिय पारी खेले भने कप्तान डेबिड वार्नरले ३६ रन बनाए। त्यस्तै ३० रन बनाएका रिद्धिमन शाह रनआउट भए।

केकेआरका पट कमिन्स, वरुण चक्रवर्ती र आन्द्रे रसेलले समान १-१ विकेट लिए।

जवाफी ब्याटिङमा आएको कलकत्ताका शुभम् गिल ६२ बलमा ७० रन बनाउँदै रनआउट हुँदा इयोन मोर्गनले ४२ रनको योगदान दिए। त्यस्तै, नितिश रानाले २६ रन बनाए।

हैदराबादका खलिल अहमद, टी नटराजन र रशिद खानले समान १-१ विकेट लिए।

पहिलो जितसँगै केकेआरले २ अंक बनाएको छ भने हैदराबाद अंकविहिन रहने एकमात्र क्लब हो।
 

प्रकाशित: Sep 27, 2020| 01:22 आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।