शनिबार, भदौ १३, २०८३

रामोसको पेनाल्टी गोलसँगै रियल मड्रिडको पहिलो जित 

काठमाडौं– स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले पहिलो जित निकालेको छ।
 |  आइतबार, असोज ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज ११, २०७७

काठमाडौं– स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले पहिलो जित निकालेको छ। रियल बेटिसको बेनिटो विल्लामरिन रंगशालामा सम्पन्न खेलमा मड्रिडले घरेलु टिमलाई हराउँदै पहिलो जित निकालेको हो।

जितका लाग एक गोल कोसेली पाएको मड्रिडलले बाँकी दुई गोल फेडेरिको भालभर्डे र कप्तान सर्जियो रामोसले गरेका थिए।

खेलको १४ औं मिनेटमा करिम बेञ्जेमाको पासलाई उपायोग गर्दै भाडभर्डेले गोलको खाता खोलेका थिए। तर खेलको ३५ औं मिनेटमा बेटिसका एस्सा मान्डीले गोल गर्दै खेललाई बराबरीमा ल्याए भने त्यसको २ मिनेट लगत्तै विलिय कार्भाल्होले गोल गर्दै बेटिसलाई अग्रता दिलाए। र, पहिलो हाफमा रियल मड्रिड २–१ गोलअन्तरले पछि रह्यो।

तर दोस्रो हाफको दोस्रो हाफको ४८ औं मिनेटमा बेटिसका इमर्सनले आफ्नै पोस्टमा गोल गरेपछि मड्रिडले गोल कोसेली पायो। तर खेल सकिनुभन्दा २३ मिनेटअघि इमर्सनले रियलका बेञ्जेमालाई डि बक्बसभित्र लडाएपछि उनी रातो कार्ड खाँदै बाहिरिएका थिए।

१० खेलाडीमो सीमित बेटिसविरुद्ध निर्धारित समयको ८ मिनेटअघि पेनाल्टीमार्फत् पाएकोे अवसमा रामोसले गोल गर्दै रियललाई जिताए। पेनाल्टी गोलसँगै रियलले ३–२ अन्तरले खेल जित्यो।

पहिलो खेलमा बराबरी खेल्दै १ अंक पाएको मड्रिडले गएरातिको जितसँगै ४ अंक बनाएको छ भने रियल बेटिसले तीनमध्ये दुई खेलमा जित निकालेर ६ अंक बनाएको छ।

साथै गएराति सम्पन्न अन्य खेलमा रियल सोसिडाडले एल्चेलाई ३–० गोलअन्तरले हराएको छ।

प्रकाशित: Sep 27, 2020| 01:24 आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।