आइतबार, असार २८, २०८३

म्यानचेस्टर युनाइटेड विजयी

इङ्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत म्यानचेस्टर युनाइटेडले ब्राइटोनलाई ३–२ गोलअन्तरले हराएको छ।
 |  शनिबार, असोज १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज १०, २०७७

काठमाडौं– इङ्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत म्यानचेस्टर युनाइटेडले ब्राइटोनलाई ३–२ गोलअन्तरले हराएको छ।

ब्राइटोनको मैदानमा नेपाली समयअनुसार शनिबार साँझ सम्पन्न खेलमा युनाइटेडले घरेलु टिमसँग ३–२ गोलको जित हात पारेको हो।  

युनाइटेडका लागि मार्कस रासफोर्डले एक गोल गरे भने एक गोल भने उपहार पाएको थियो। पहिलो हाफको ४० औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ब्राइटोनले अग्रता लिएको थियो।

४३ औं मिनेटमा ब्राइटोनकै लेविस ड्रङले आत्मघाती गोल गर्दै युनाइटेडलाई गोल उपहार दिएको थियो।  

दोस्रो हाफको ५५ औं मिनेटमा रासफोर्डले गोल गर्दै अग्रता दिलाएका थिए। त्यसपछि पुनः गोल गर्दै  म्यानचेस्टर युनाइटेड ३–२ ले विजयी भएको हो।  

युनाइटेडले ब्राइटोलाई हराएसँगै ३ अंक जोडेको छ।  

प्रकाशित: Sep 26, 2020| 13:50 शनिबार, असोज १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।