आइतबार, असार २८, २०८३

पहिलो जितको लक्ष्यमा हैदराबाद र कलकत्ता

१३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीइल) मा आज सनराइजर्स हैदरबादले कलकत्ता नाइट राइडर्स (केकेआर) को सामना गर्दैछ।
 |  शनिबार, असोज १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज १०, २०७७

काठमाडौं- १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीइल) मा आज सनराइजर्स हैदरबादले कलकत्ता नाइट राइडर्स (केकेआर) को सामना गर्दैछ।

आईपीएलमा जितबिहिन दुवै टिमले आज साँझ पौने ८ बजे पहिलो जितका लागि प्रतिस्पर्धा गर्नेछन्। लिगको आठौँ खेल अबुधाबीमा हुनेछ। जहाँ यी दुवै टिमले पहिलोपटक प्रतिस्पर्धा गर्दैछन्।

जारी सिजनको पहिलो खेलमा हैदराबादले रोयल च्यालेन्जर्स बैंग्लोरसँग हार बेहोरेको थियो भने केकेआरलाई सविक विजेता मुम्बइले हराएको थियो। 

तर, कोलकत्ता र हैदराबादको इतिहास त्यति कमजोर छैन। दुवै टिमले २–२ पटक आईपीएलको उपाधि जितेका छन्। केकेआरले २०१२ र २०१४ मा जितेको थियो भने हैदराबादले २००९ र २०१६ मा जितेको थियो।

हेड टू हेड

पछिल्ला चार सिजन हेर्ने हो भने दुवै टिमले समान २–२ खेल जितेका छन्। तर सुरुवाती संस्करणबाटै हेर्ने हो भने हैदराबाद केकेआरभन्दा पछि छ।
१७ खेलमा १० खेल कोलकत्ताले जितेको छ भने बाँकी खेल हैदराबादले जितेको छ। यसर्थमा हैदराबादविरुद्ध केकेआरको सफलता दर ५८.८२ प्रतिशत छ।

पिच र मौसम

आज राति अबुदाबीको आकास सफा रहनेछ। साथै मैदानका तापक्रम २८ देखि ३८ डिग्री सेल्सियसबीच रहने सम्भावना छ। 
पिचको अवस्थाले ब्याट्स्मेनलाई सहयोग मिल्नेछ भने स्लो विकेट भएकाले स्पिनर्सलाई पनि सहयोग मिल्नेछ। टस जित्ने टिमले पहिले फिल्डिङ रोज्नु बुद्धिमानी हुने क्रिकेट पण्डित बताउँछन्। 

यहाँ पछिल्लो ४५ खेलका टी–२० मा पहिला बलिङ गर्ने टिमले जित निकालेका छन्।

सम्भावित प्लेइङ ११ :

हैदराबाद : डेबिड बार्नर (कप्तान), जोनी बेयरस्टो, मनिष पाण्डे, प्रियम गर्ग, विजय शंकर, मोहम्मद नबी, सन्दीप शर्मा, टी नटराजन, भुवनेश्वर कुमार, राशिद खान, अभिषेक शर्मा

कलकत्ता : दिनेश कार्तिक (कप्तान), शुभमन गिल, नितिश राण, इयोन मोर्गन, निखिल नाइक, सुनिल नरेन, आन्द्रे रसेल, पट कमिन्स, शिवम् मावी, कुलदीप यादव, सन्दीप वरियर
 

प्रकाशित: Sep 26, 2020| 10:55 शनिबार, असोज १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।