शनिबार, कात्तिक २९, २०८२

रोजगारीका लागि विदेशीने युवाको कथामा ‘आमा’ (भिडियो)

गरिबी र बेरोजगारीका कारण विदेशिनु पर्ने युवाहरुको कथा व्यथा बोल्ने गीत ‘आमा’ सार्वजनिक भएको छ।
 |  शनिबार, असोज १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज १०, २०७७

काठमाडौं- गरिबी र बेरोजगारीका कारण विदेशिनु पर्ने युवाहरुको कथा व्यथा बोल्ने गीत ‘आमा’ सार्वजनिक भएको छ।

National life

वैदेशिक रोजगारीमा कति प्रताडना भोग्नुपर्छ भन्ने यर्थाथलाई प्रस्तुत गरेको गीतमा पछिल्लो समयका चर्चित कलाकार जिबी चिरन (चिरञ्जीबी सापकोटा) ले अभिनय गरेका छन्।

उनलाई चर्चित कलाकार रश्मी भट्टले साथ दिएकी छन् भने समीक्षा पोखरेल र नेरिस्का स्थापितले पनि यो गीतमा अभिनय गरेका छन्।

बलराम विश्वकर्मा र सुनिता बुढा क्षेत्रीको स्वरमा रहेको गीतमा बलरामकै शब्द-संगीत छ।

संयोग संयोजन तथा मिक्सिङ श्यामश्वेत रसाइलीले गरेका छन्। सिर्जन बरालले निर्देशन गरेको म्युजिक भिडियोको राजेश घिमिरेले छायांकन गरेका छन्।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Sep 26, 2020| 08:45 शनिबार, असोज १०, २०७७
प्रतिक्रिया दिनुहोस्