आइतबार, असार २८, २०८३

दिल्लीको लागातार दोस्रो जित, चेन्नई २ पटक पराजित

इन्डियन प्रिमियर लिग(आईपीएल)मा दिल्ली क्यापिटलले चेन्नई सुपर किंग्स(सीएसके)लाई हराउँदै दोस्रो जित निकालेको छ।
 |  शनिबार, असोज १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज १०, २०७७

काठमाडौं– इन्डियन प्रिमियर लिग(आईपीएल)मा दिल्ली क्यापिटलले चेन्नई सुपर किंग्स(सीएसके)लाई हराउँदै दोस्रो जित निकालेको छ। उसले सीएसकेलाई ४४.रनले हराउँदै जित निकालेको हो।

टस हारेर ब्याटिङ सम्हालेको दिल्लीले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १७५ रन बनायो। यता १७६ रनको लक्ष्य लिएर मैदान पसेको चेन्नई भने पूरा ओभर खेल्दै  ७ विकेट गुमाएर १३१ रनमै समेटिएपछि दिल्लीले जित निकाल्यो।

दिल्लीका लागि ओपनर पृथ्वी शाहले सर्वाधिक ६४ रन बनाए। उनले ९ चौका र एक छक्का प्रहार गरेर सो रन बनाएका थिए। त्यस्तै शिखर धवनले ३५ रन बनाए 
चेन्नईका लागि पियुष चावलाले २ विकेट लिए।

जवाफी ब्याटिङमा आएको चेन्नईका फाफ डू प्लेसिसले ४३ रन बनाए भने केदार ज्यादवले २६ रन बनाए। यसबाहेक अन्य खेलाडीले सम्झनायक प्रदर्शन गरेनन्।

यता दिल्लीका कागिसो रबडाले तीन विकेट चट्काए भने एनरिच नर्टजेले दुई विकेट लिए।

जितसँगै दिल्ली २ खेलबाट ४ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
 

प्रकाशित: Sep 26, 2020| 00:57 शनिबार, असोज १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।