बिहीबार, भदौ २५, २०८३

बुटवलमा एक कोरोना संक्रमितको मृत्यु

रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका एक संक्रमितको आज (शुक्रबार) मृत्यु भएको छ।
 |  शुक्रबार, असोज ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ९, २०७७

बुटवल- रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका एक संक्रमितको आज (शुक्रबार) मृत्यु भएको छ।

ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएर आजै कोरोना अस्पताल पुगेका बुटवल उपमहानगरपालिका–१० का ७२ वर्षीय कोरोना संक्रमित पुरुषको दिउँसो पौने ४ बजे मृत्यु भएको हो।

अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार संक्रमितको स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरसहित सघन कक्षमा राखेर उपचार भइरहेका अवस्थामा मृत्यु भएको हो।

उनी लामो समयदेखि मिर्गौलाको रोगी रहेको जनाइएको छ। यससँगै कोरोना विशेष अस्पतालमा मृत्यु हुनेको संख्या २३ पुगेको छ।

प्रकाशित: Sep 25, 2020| 14:15 शुक्रबार, असोज ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।