बिहीबार, भदौ २५, २०८३

एक महिनामा १६५ वटा हिंसाका घटना

गत महिना (भदौमा) मुलुकभर १६५ महिला तथा बालिकामाथि हुने हिंसाका घटनालाई अभिलेखीकरण गरिएको छ।
 |  शुक्रबार, असोज ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ९, २०७७

काठमाडौं- गत महिना (भदौमा) मुलुकभर १६५ महिला तथा बालिकामाथि हुने हिंसाका घटनालाई अभिलेखीकरण गरिएको छ।

ओरेक संस्थाले मनोपरामर्शकर्ता एवं हटलाइनमार्फत १३० र विभिन्न राष्ट्रिय पत्रपत्रिकाबाट प्राप्त ३५ वटा घटनाको अभिलेखीकरण गरेको हो। 

भदौ महिनामा मात्रै ८९ घरेलु हिंसाका घटना ४२ वटा बलात्कारको घटना भएका पाइएको छ। बलात्कारका घटनामध्ये १० वटा सामूहिक बलात्कारको घटना रहेका छन्।

त्यसैगरी १६ वटा सामाजिक हिंसाजन्य, ६ वटा हत्या, ४ वटा यौन दुर्व्यवहार, ४ वटा मानव बेचबिखन र २ वटा हत्या प्रयासका घटना रहेका छन्। यो अवधिमा एक आत्महत्याको घटना र एक किशोरीमाथि विद्युतीय माध्यमबाट गलत परिचय बनाएर मानसिक हिंसा भएकोे तथ्यांक संकलन भएको छ।

उमेरको आधारमा विश्लेषण गर्दा भदौ महिनामा सबैभन्दा धेरै ५८ जना (३५ प्रतिशत) १७ देखि २५ वर्ष उमेर समूहका युवती रहेका छन्। यसका आधारमा किशोरी र युवा महिलाहरु बढी हिंसाको जोखिममा रहेको पाइएको छ।

यसैगरी ४४ जना २६ देखि ३५ वर्ष उमेर समूह, ३२ जना १६ वर्षभन्दा कम उमेरका बालिका तथा किशोरी र २५ जना ३६ देखि ४५ वर्ष उमेर समूहका महिलाहरु रहेको पाइएको छ। चार जना ४६ देखि ५५ वर्ष उमेर समूहका महिला र दुई जना ५६ वर्षभन्दा माथिका उमेर समूहका प्रभावित रहेका छन्। 

प्रभावित र आरोपितको सम्बन्धलाई विश्लेषण गर्दा सबैभन्दा बढी ७१ वटा (४३ प्रतिशत) हिंसा श्रीमान्बाट भएको छ भने ३८ परिवारका सदस्य, २१ छिमेकी, १६ अन्य विभिन्न किसिमका व्यक्तिबाट घटना भएको पाइएको छ। आठ घटनामा आरोपित प्रेमी, पाँचवटा सेवा प्रदायक, तीन  साथी, दुई शिक्षक र एक अविवाहित तर सँगै बसेको व्यक्तिबाट हिंसा भएको पाइएको छ।

त्यस्तै हिंसामा संलग्न पीडकहरुको उमेरको विश्लेषण गर्दा सबैभन्दा धेरै ३६ देखि ४५ वर्ष उमेर समूहका ४५ जना छन्। त्यसपछि क्रमशः २६ देखि ३५ वर्ष उमेर समूहका ४५ जना, १७ देखि २५ उमेर समूहका २८ जना,  ४६ दखि ५५ वर्ष उमेर समूहका ४६ र ५६ वर्षभन्दा माथिका आठ र १६ वर्षभन्दा कम उमेर समूहका सात जना हिंसामा संलग्न भएको तथ्यांक पाइएको छ। रासस

प्रकाशित: Sep 25, 2020| 14:10 शुक्रबार, असोज ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।