बिहीबार, असोज १, २०८३

आइसोलेसनबाट भागेका कैदी पक्राउ

पुर्पक्षका लागि थुनामा परेपछि कोरोना पुष्टि भएर स्याङ्जाको हेलुस्थित आइसोलेसनबाट भागेका एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 |  शुक्रबार, असोज ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ९, २०७७

पोखरा– पुर्पक्षका लागि थुनामा परेपछि कोरोना पुष्टि भएर स्याङ्जाको हेलुस्थित आइसोलेसनबाट भागेका एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

हेलुस्थित कालिका सामुदायिक अस्पतालको आइसोलेसनमा रहेका उनी बिहीबार शौचालय जाने बहानामा भागेका थिए। 

जिल्ला प्रहरी कार्यालय, स्याङ्जाको टोलीले उनलाई शुक्रबार बिहान स्याङ्जाको लामागेबाट नियन्त्रणमा लिएको हो।

स्याङ्जाकै अर्जुनचौपारी गाउँपालिका रापाकोटका ती युवक सदरमुकाम नजिकैको मावली गाउँ लामागेको चियापसलबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।

ती युवक गाई मारेको अभियोगमा परेका थिए। जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि उनी १२ दिनदेखि कारागारमा थिए। 

कारागार लगेलगत्तै कोरोना पुष्टि भएपछि उनलाई आइसालेसनमा राखिएको थियो।
 

प्रकाशित: Sep 25, 2020| 13:48 शुक्रबार, असोज ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।