काठमाडौं– ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ।
जिउ र टाउको दुख्ने समस्या देखिएपछि पीसीआर जाँच गराउँदा महर्जनलाई कोरोना पुष्टि भएको हो।
उनी अहिले घरमै आइसोलेसनमा बसेका छन्।
त्यसैगरी गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलाई पनि कोरोना संक्रमण भएको छ।