बिहीबार, असोज १, २०८३

नर्सहरुको अभद्र व्यवहारप्रति नर्सिङ संघको आपत्ति

नर्सहरुले अभद्र व्यवहार देखाएको घटनामा नर्सिङ संघले दुःख व्यक्त गरेको छ।
 |  शुक्रबार, असोज ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ९, २०७७

काठमाडौं– नर्सहरुले अभद्र व्यवहार देखाएको घटनामा नर्सिङ संघले दुःख व्यक्त गरेको छ।

पछिल्लो १० दिनदेखि नर्सहरुले विभिन्न समूह बनाएर सामाजिक सञ्जालमा झुटो कुरा फैलाउने, संघका पदाधिकारीमाथि आरोप लगाउने जस्ता क्रियालकलाप गरेको भन्दै संघले आपत्ति जनाएको हो। 

पछिल्लो समय अस्पतालले श्रम शोषण गरेको, सुरक्षाका सामग्री पनि उपलब्ध नगराएको, अस्पतालले बेतलबी बिदामा राखेको र अस्पतालमा काम गर्न सहज वातावरण नगराएको भन्दै नर्सहरु आन्दोलित छन्।

आन्दोलनका क्रममा नर्सहरुले नेपाल नर्सिङ संघमा पटकपटक समस्या समाधानका लागि पहल गर्न अनुरोध गरेका थिए। संघले नर्सहरुका समस्या समाधानका लागि सम्बन्धित निकायलाई पहल गरिरहेको बताउँदा–बताउँदै नर्सहरुले अभद्र व्यवहार गरेको संघकी अध्यक्ष मनकुमारी राइले बताइन्। 

यस विषयमा पहल गरिरहेको भन्दै नर्सहरुलाई संयमित रहन संघले आग्रह गरेको छ। नर्सको एक समूहले संघमा तोडफोड गर्ने प्रयास गर्ने गरेको र पदाधिकारीहरुलाई धम्क्याउने गरेको भन्दै संघले सुरक्षाको माग गरेको छ। नर्सहरुले गरेका अवान्छनिय गतिविधिले कुनै दुर्घटना भएमा स्वयं नर्स नै भागिदार हुनुपर्ने संघले जनाएको छ। 

संघकी अध्यक्ष राईले भनिन्, ‘नर्सिङ संघले पहल गर्दागर्दै नर्सहरुले यस्ता गतिविधि देखाउँछन् भने संघले कुनै मागप्रति पहल गर्दैन, यो माग पूरा गर्ने संस्था पनि होइन।’

उनका अनुसार वर्षौंदेखि संघले नर्सका समस्या समाधानका लागि पहल गरिरहेको छ। कोभिडको समयमा पनि अझै धेरै पहल गरेको छ । राईले केही दिनदेखि विभिन्न माग राख्दै धर्नामा बसेका नर्सहरुले संघमा अवाञ्छित गतिविधि गरिरहेको प्रति ध्यानाकर्षण भएको जनाउँदै तत्काल सच्चिन आन्दोलनरत नर्सलाई आग्रह गरेकी छिन्। 

साथै संघले राष्ट्रिय ट्रमा सेन्टरमा नर्सिङ परिषद्की सदस्यसमेत रहेकी जिता बरालले गरेको क्रियाकलापको छानबिन गर्ने भएको छ। छानबिनको लागि संघले न्याम्सकी जानकी धामीको संयोजकत्वमा न्याम्सकै राजकुमरी ज्ञवाली र पाटन अस्पतालकी दिलकुमारी थापा सदस्य रहने गरी ३ सदस्यिय छानबिन समिति बनाएको छ । 

ट्रमा सेन्टरमा जिता बरालले तथानाम बोल्दै डाक्टर र नर्सलाई थुक्दै दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ। संघले आन्दोलित नर्सहरुको अवाञ्छित गतिविधिले नर्सिङ संघको काम कारबाहीमा नै बाधा पुगिरहेको भन्दै संघ र नर्सिङ पेशालाई नै घृणित हुने काम बन्द गर्न आग्रह गरेको छ। 
 

प्रकाशित: Sep 25, 2020| 12:22 शुक्रबार, असोज ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।