बिहीबार, असोज १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘बजारमा औषधि अभाव छैन, रेम्डेसिभिरले कोरोना निको हुँदैन’

‘बजारमा औषधि अभाव छैन, रेम्डेसिभिरले कोरोना निको हुँदैन’

बजारमा कुनै पनि प्रकारको औषधि अभाव नभएको औषधि व्यवस्था विभागले जनाएको छ।
 |  शुक्रबार, असोज ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ९, २०७७

काठमाडौं– बजारमा कुनै पनि प्रकारको औषधि अभाव नभएको औषधि व्यवस्था विभागले जनाएको छ।

विभागका महानिर्देशक नारायणप्रसाद ढकालले कोभिडका कारण औषधिको अभाव नभएको बताउँदै बजारमा उपलब्ध औषधिको गुणस्तरमा पनि शंका नगर्न आग्रह गरे। 

कोभिड–१९ को उपचारका लागि हाल क्लिनिकल ट्रायलको रुपमा रहेको रेम्डेसिभिर औषधिलाई कोभिडको उपचारको लागि पूर्ण रुपमा प्रयोग हुने औषधिको रुपमा नलिन महानिर्देशक ढकालले आग्रह गरे।

कोभिड १९ को उपचारका लागि केही उपयोगी मानेर क्लिनिकल ट्रायलमा ल्याइएको तर यसलाई निश्चित रुपमा कोभिडको उपचारको लागि प्रयोग हुने भनेर मान्न नहुने उनले बताए। 

उपचारमा फाइदा वा उपयोगी भयो वा क्लिनिकल ट्रायलबाट प्रमाणित भयो भनेमात्रै कोभिडको औषधि भन्नुपर्ने उनले जानकारी दिए।

क्लिनिकल ट्रायलको रुपमा रहेको प्रमाणित भइनसकेको औषधिलाई औषधि व्यवस्था विभागले अनुमति दिएन र बजारमा ल्याउन पाइएन भन्ने गुनासो नगर्न उनले आग्रह गरे। 

रेम्डेसिभिरलाई चिकित्सकिय निगरानीमा विरामीको इच्छाअनुसार सरकारले तोकेको कोभिड उपचारको लागि अस्पतालमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सिफारिसमा निःशुल्क उपलब्ध हुने उनले बताए।

‘यस औषधिले अस्पतालकोे समयावधि घटाएकोले मात्रै प्रचलनमा ल्याइएको हो,’ उनले भने, ‘प्रमाणित भएमा यसलाई पूर्ण मान्यता दिएका छैनौं, यो अनुसन्धानको लागि मात्रै प्रयोग गरिएको हो।’ 

प्रकाशित: Sep 25, 2020| 11:03 शुक्रबार, असोज ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।