बुधबार, चैत ४, २०८२

आईपीएलमा सन्दीप आबद्ध दिल्ली र चेन्नई भिड्दै

एक खेल जितेर समान २–२ अंक बनाएका दुवै टिमले आज बराबरीको अवस्थामा खेल्नेछन्। तर बलियो पञ्जावसँग पछिल्लो खेलमा सुपर ओभरमा मात्र जित निकालेको दिल्लीका लागि चेन्नई अर्को बलियो प्रतिस्पर्धि हो।
 |  शुक्रबार, असोज ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ९, २०७७

काठमाडौं– १३ औं संस्करणको इन्डियन प्रिमियर लिगमा आज (शुक्रबार) नेपालका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टिम दिल्ली क्यापिटलले तीन पटकको विजेता चेन्नई सुपर किंग्स(सीएसके)सँग खेल्दैछ।

National life

एक खेल जितेर समान २–२ अंक बनाएका दुवै टिमले आज बराबरीको अवस्थामा खेल्नेछन्। तर बलियो पञ्जावसँग पछिल्लो खेलमा सुपर ओभरमा मात्र जित निकालेको दिल्लीका लागि चेन्नई अर्को बलियो प्रतिस्पर्धि हो।

यता, चेन्नईबाट आईपीएलमा उच्च स्कोर बनाएका सुरेश रैना र सबैभन्दा धेरै विकेट लिने हरभजन सिंह टिममा नरहँदा उसलाई पनि दिल्लीको टिम कष्टपूर्ण हुनेछ। दुई खेलमध्ये एउटामा पराजित चेन्नईलाई यो खेल थप चुनौतिको विषय छ।

आजको खेलमा चेन्नईका कप्तान महेन्द्र सिंह धोनी र शिखर धवन केन्द्रमा रहनेछन्। यदी आजको खेलबाट धोनीले दुई छक्का थप्न सके उनी आईपीएलमा सबैभन्दा धेरै छक्का हान्ने दोस्रो खेलाडी बन्नेछन्। पहिलो भने क्रिस गेल हुन्।

तीन पटक (२०१०, २०११ र २०१८)को च्याम्पियन सीएसकेले आजको खेलमा जित निकाल्न सके ३ टिमलाई १५ पटकभन्दा धेरै पटक हराउने दोस्रो टिम बन्नेछ। यसअघि मुम्बईले मात्र ३ टिमलाई १५ पटक भन्दा धेरै हराएको छ।

Laxmi sunrise bank
kumari

चेन्नई सुपर किंग्स ८ पटक आईपीएल फाइनल पुगेको छ भने दिल्ली क्यापिटलले आजसम्म फाइनल खेलेको छैन। दुबईको रंगशालामा भने यि दुईटिम पहिलोपटक भिड्न लागेका हुन्।

हेड टू हेड

आईपीएलमा चेन्नईले दिल्लीविरुद्ध अधिक खेल जितेको छ। पछिल्ला पाँच खेलमा पनि चार खेलमा सीएसके नै विजयी भएको छ। यि दुवैबीच २१ खेलमा प्रतियोगिता हुँदा चेन्नईले १५ र दिल्लीले ६ खेल जितेको छ।

पछिल्लो सिजनमा दिल्लीले सीएसकेलाई हराउन सकेको थिएन। आईपीएलमा चेन्नईको सक्सेस रेट ६०.४७ प्रतिशत छ।

मौसम र पीच

प्रतियोगिताको समयमा दुबईमा आकाश सफा रहनेछ भने मैदानको तामक्रम २७ देखि ३९ डिग्री सेन्टिग्रेड रहनेछ। यो पीचमा पहिलो ब्याटिङ गर्नेको सक्सेस रेट ५५.७४ प्रतिशत छ। यसकारण टस जित्ने टिमले ब्याटिङ रोज्न मन गर्नेछ।

यता, यूएईमा दिल्लीको रेकर्ड चेन्नईको भन्दा धेरै खराब छ। उसले पाँच मध्ये दुई खेलमा मात्र जित निकालेको छ। यता सीएसकेले भने पाँच खेलमध्ये ४ खेलमा जित निकालेको छ।

अंकतालिका

आईपीएल अंकतालिकामा ६ टिमले समान २–२ अंक बनाएका छन् भने पुछारका २ टिम अंक विहिन छन्। जसमा पहिलो खेलमा मुम्बईलाई हराएर दोस्रो खेलमा राजस्थानसँग पराजित भएको सीएसके ऋणात्मक ०.१४५ नेट रन रेटका साथ पाँचौ स्थानमा छ भने

पहिलो खेलमा पञ्जावलाई सुपर ओभरमा हराएको दिल्ली ‘शून्य’ नेट रने रेटका साथ चौथो स्थानमा छ।

खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुनेछ।

आजको सम्भावित प्लेइङ ११ 
चेन्नई सुपर किंग्सः महेन्द्र सिंह धोनी (कप्तान), शेन वाट्सन, फाफ डू प्लेसिस, मुरली विजय, रितुराज गायकबड, केदार ठाकुर, रविन्द्र जाडेजा, सेम करन, पियुष चावल, दिपक चाहर, लुंथी निगिदी

दिल्ली क्यापिटलः श्रेयस अय्यर(कप्तान), पृथ्वी शा, शिखर धवन, सिमरन हेट्मेयर, ऋषभ पन्त, मार्कस स्टोइनिस, अक्षर पटेल, अमित मिश्रा, कागिसो रबडा, एनरिच नोत्जे, मोहित शर्मा
 

प्रकाशित: Sep 25, 2020| 09:49 शुक्रबार, असोज ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।