आइतबार, भदौ १४, २०८३

बारा र पर्सामा थप १५ जनामा कोरोना संक्रमण

बारा र पर्सा जिल्लामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा १० जना वीरगञ्ज महानगरपालिकाका रहेका छन। 
 |  शुक्रबार, असोज ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ९, २०७७


वीरगञ्ज– बारा र पर्सा जिल्लामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा १० जना वीरगञ्ज महानगरपालिकाका रहेका छन। 

नारायणी अस्पतालको प्रयोशालामा बिहीबार राति एक सय २५ जनाको स्वाब परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश कुमार चौरसियाले जनाएका छन।  

बाराका २२ जनाको स्वाब परीक्षण गर्दा ४ जनामा र पर्साका एक सय तीन जनाको स्वाब परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको चौरसियाले बताए।

संक्रमण देखिनेमा वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ६ का एक जना, १० का दुई, वडा नम्बर १४, १५, १६ र २६ का एक–एक जना र वडा नम्बर २९ का तीन जना छन्।

छिपहरमाई गाउँपालिका ५ का एक जनामा पनि संक्रमण देखिएको छ । 

बाराको सिम्रौनगढ नगरपालिका ४ का एक, पचरौता नगरपालिका ३ का एक र आदर्श कोतवाल गाउँपालिका ५ का दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रकाशित: Sep 25, 2020| 02:39 शुक्रबार, असोज ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।