शनिबार, भदौ १३, २०८३

कलिलैमा किवी बजारमा पठाइएपछि गुणस्तरमा समस्या  

कलिलै टिपेर किसानले किवीफल बजार पु¥याउन थालेपछि किवीको गुणस्तरीयतामाथि प्रश्न खडा भएको छ। 
 |  शुक्रबार, असोज ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ९, २०७७

इलाम– कलिलै टिपेर किसानले किवीफल बजार पुर्याउन थालेपछि किवीको गुणस्तरीयतामाथि प्रश्न खडा भएको छ। 

किसानले विभिन्न बाहनामा काचै किवी टिपेर बजार पुर्याएपछि गुणस्तरहीन किवी बजार पुगेको भन्दै सरोकारवाला निकायले आपत्ति जनाएका छन्।

बेला नहुँदै किवी टिप्ने किसानलाई किवी जोन र कृषि ज्ञान केन्द्रबाट उपलब्ध हुने अनुदान कटौती गर्ने निर्णय भएको हो। 

कृषि ज्ञान केन्द्र, किवी जोन सञ्चालक समिति, उद्योग वाणिज्य संघ, जिल्ला सहकारी संघका प्रतिनिधिबीच भएको छलफलले खानयोग्य नभएको किवी बजारमा जाँदा किवीको बजार खस्किने र उपभोक्ता समेत ठगिने भएकाले योग्य नभएको किवी बिक्रीलाई निरुत्साहित गर्न यस्तो निर्णय गरिएको हो। 

अपरिपक्व किवी टिप्ने किसानको किवी जोन सञ्चालक समिति र कृषि ज्ञान केन्द्रले तथ्याङ्क सङ्कलन गर्नेछन् ।

बेला नहुँदै किवी टिप्ने किसानलाई राज्यका तर्फबाट उपललब्ध हुने अनुदानलगायत कार्यक्रममा समावेश नगर्ने सरोकारवालाको निर्णय छ।

अघिल्लो वर्ष पनि किवीखेतीका लागि हानिकारक अभ्यास गर्ने आठ जनाको अनुदान कटौती गरिएको थियो।

किवी जोन कार्यक्रम कार्यान्वयन भइरहेको इलाम जिल्लाको राँकेबजार, इलाम, फिक्कल हर्कटेलगायत बजारबाट किवी बिक्री भइरहेको पाइएको किवी जोन सञ्चालक समितिका अध्यक्ष देउकुमार राई बताउँछन्। 

कतिपय व्यवसायीले विर्तामोड, दमक, धरानदेखि काठमाडौंसम्म त्यस्तो किवी पु¥याइसकेको सूचना पाएको उनको भनाइ छ । 

कात्तिक अन्तिमतिर मात्रै परिपक्व हुने किवी भदौबाटै बजारमा निस्किएको छ।

बेला नहुँदै बजारमा निस्किएको किवी स्वादिलो हुँदैन । नपाकेको किवी अमिलो हुन्छ। नछिप्पिदै टिपेको किवी चाउरिने र कुहिन्छ। 

सामान्यतया गुलियोपन आठ डिग्री ब्रिस्क टिप्न योग्य मानिन्छ । यस्तो किवीलाई गुम्स्याएर खान योग्य बनाइन्छ। 

गुम्स्याएपछि १९ डिग्री ब्रिक्स गुलियोपन कायम हुने कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख टोनी बर्देवाले बताए। 

कात्तिक अन्तिमतिर हरियो विकी टिप्न उचित हुने बर्देवाले बताए। 
-रासस

प्रकाशित: Sep 25, 2020| 01:29 शुक्रबार, असोज ९, २०७७
प्रतिक्रिया दिनुहोस्