काठमाडौं– पोखरा नुडल्स प्रा.लि.ले हटपट चाउचाउ बजारमा ल्याएको छ। उपभोक्ताको रोजाइलाई ध्यान दिंदै अन्तर्राष्ट्रिय स्तरको हटपट सिरिजको पहिलो प्रस्तुति बजारमा ल्याएको कम्पनीले जनाएको छ।
अथेन्टिक कोरियन चाउचाउको स्वाद बढी रुचाइएकोले नेपाली बजारमा पहिलो पटक नेपाली र अथेन्टिक कोरियन स्वादको समिश्रणको रुपमा हटपट चाउचाउ (रामेन) बनेको पोखरा नुडल्स प्रा.लि.का अध्यक्ष श्रीराम पाण्डेले जानकारी दिए। उनले भने, ‘करिब डेढ वर्षको अनुसन्धानपछि यो चाउचाउ बजारमा ल्याएका छौं।’
कम्पनीले ‘हटपट चिकन गोरमेट स्पाइसी सुपी नुडल्स’ र ‘हटपट टु एक्स स्पाइसी’ गरी दुई प्रकारको चाउचाउ सार्वजनिक गरेको छ।
हटपट चिकन गोरमेट स्पाइसी सुपी नुडल्स झोल बनाएर खान सकिन्छ। यसमा पिरोको मात्रा एकदमै कम छ। यसमा सिजनिङ पाउडर सँगसँगै ड्राइ भेजिटेवलको प्याकेट राखिएको पोखरा नुडल्सको भनाइ छ।
त्यस्तै हटपट टु एक्स स्पाइसी पकाएको पानी फ्याँकेर सुख्खा बनाइ स्पाइसी पेष्ट एवम रोस्टेड फ्लेक्स मोलेर खान सकिन्छ। यो पिरो मन पराउनेका लागि भएको कम्पनीले जनाएको छ।
हटपट चाउचाउ सय ग्रामको मूल्य प्रति प्याकेट ५० रुपैयाँ कायम गरिएको छ। अबको एक महिनामा गोरमेट स्पाइसी भेजिटेवल ल्याउने तयारी कम्पनीले गरेको छ। गोरमेट स्पाइसी भेजिटेवल शाकाहारीका लागि हो। चालु आर्थिक वर्षभित्र नयाँ फल्वेरमा हटपट सिरिजका अन्य उत्पादन ल्याउने गरी ‘प्रडक्ट डेभलपमेन्ट’को काम भइरहेको कम्पनीले बताएको छ।
कम्पनीले हटपट नुडल्स सिरिजका सबै उत्पादनको लागि पूर्वमिस नेपाल श्रृंखला खतिवडालाई ब्राण्ड एम्ब्यास्डरको रुपमा अनुबन्ध गरेको छ।
२०४८ सालमा स्थापित पोखरा नुडल्स प्रा.लि.ले २०५१/५२ सालबाट उत्पादन शुरु गरेको हो। यसले रम्बा, बोनस, जोजोलगायत चाउचाउ उत्पादन गर्दै आइरहेको छ।