आइतबार, भदौ १४, २०८३

रानीगन्जमा तिनाउ नदी पस्यो

अविरल वर्षाका कारण तिनाउ नदीमा पानीको बहाव बढेको छ। नदीको बहाव बढ्दा बस्तीमा समेत पानी पसेको छ।
 |  बिहीबार, असोज ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ८, २०७७

भैरहवा- अविरल वर्षाका कारण तिनाउ नदीमा पानीको बहाव बढेको छ। नदीको बहाव बढ्दा बस्तीमा समेत पानी पसेको छ।

बुटवल उपमहानगरपालिका वडा नं १७ रानीगञ्जमा रहेको प्रेम कुमारी खाम्चाको ४ कोठे घर नदीले बगाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी खड्क बहादुर खत्रीले बताए। 

ब्लक जडान भएको र टिनले छाएको घर बगाएको प्रहरीको भनाइ छ। लत्ताकपडा अन्य सामानहरु बाढी पस्नुभन्दा अगावै निकालेका कारण क्षति हुन नपाएको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार सोही स्थानका गणेश गैरे, तिलक गैरे र पुरुषोत्तम पुरीको घर बाढीको उच्च जोखिममा रहेकाले सामानहरु निकालिसकिएको छ।

उपमहानगरका प्रमुख शिवराज सुवेदीले नदी क्षेत्रको निरीक्षणसमेत गरेका छन्। प्रमुख सुवेदीले नेपाल समयसँग भने, 'नदी छेउको बाटो प्रभावित भएको छ। हामीले सबै जनतालाई सचेत हुन अपिल गरेका छौं।' बुटवलमा तिनाउको वारिपारि बाक्लो बस्ती छ।

प्रकाशित: Sep 24, 2020| 11:33 बिहीबार, असोज ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।