काठमाडौं- आज बिहीबार पनि सुनको मूल्यमा गिरावट आएको छ। हिजोको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा १२ सय रुपैयाँ घटेको छ।
सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ तोकेको छ। तेजाबी सुन भने प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य पनि तोलामा ७० रुपैयाँ घटेर ११ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।
यो साताभर नै सुनको मूल्य घट्ने क्रममा छ।