शनिबार, भदौ १३, २०८३

पाल्पामा पहिरो : एकै परिवारका ५ सहित ६ जना बेपत्ता

बिहीबार बिहान रम्भा गाउँपालिका २ फोक्सिङकोटस्थित बेलङ्जाका हुमबहादुर गाहा र मन बहादुर गाहाको घर पुरिदा ६ जना बेपत्ता भएका हुन् । 
 |  बिहीबार, असोज ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ८, २०७७

पाल्पा- अविरल वर्षासँगै घरमाथिबाट आएको पहिरोमा पुरिएर पाल्पामा  ६ जना बेपत्ता भएका छन्।  

बिहीबार बिहान रम्भा गाउँपालिका २ फोक्सिङकोटस्थित बेलङ्जाका हुमबहादुर गाहा र मन बहादुर गाहाको घर पुरिदा ६ जना बेपत्ता भएका हुन् । 

बिहान करिब ४ बजेतिर गएको पहिरोमा परेर  हुमबहादुर गाहा, उनकी श्रीमती धनिसरा गाहा, छोरी कृष्णा गाहा, नातिनिहरू आशिका गाहा र खुमिसरा गाहा बेपत्ता भएको प्रहरीले जनाएको छ ।  

घटनास्थलमा अझै प्रहरी पुग्न सकेको छैन् । सदरमुकामभन्दा टाढा र विकट भएकाले सुरक्षाकर्मी पुग्न अझै समय लाग्ने जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी सन्तोष कुमार भट्टराईले जनाकारी दिए। 

उनले नेपाल समयसँग भने- 'म सहितको टोली घटनास्थलतर्फ जाँदै छौ । अहिले बाटोमा पहिरोका कारण अड्कीएका छौ ।' उनका अनुसार गाडीबाट उत्रिएर करिब ढेड घण्टा पैदल हिडेपछि बल्ल घटनास्थलमा पुगिन्छ । 

प्रहरी नपुगे पनि स्थानीयले बेपत्ताको खोजी गरिराखेका छन् । 

यस्तै रम्भा गाउँपालिका वडानम्बर २ कै सुरुङडाँडामा पहिरोले घर पुरिँदा एक महिला बेपत्ता भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए । 

प्रकाशित: Sep 24, 2020| 02:30 बिहीबार, असोज ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।