शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल–चीन सीमाः हराएको ११ नम्बर सीमास्तम्भ ५८ वर्षपछि भेटियो

नेपाल–चीन सीमाः हराएको ११ नम्बर सीमास्तम्भ ५८ वर्षपछि भेटियो

नेपाल–चीन सीमानामा पर्ने ११ नम्बरको सीमास्तम्भ भेटिएको छ। हुम्लाको नाम्खा गाउँपालिका ६ टाकुलेमा सीमास्तम्भ भेटिएको हो। हराएको भनिएको झण्डै ५८ वर्षपछि बुधबार सीमास्तम्भ भेटिएको हो।
 |  बिहीबार, असोज ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ८, २०७७

सुर्खेत– नेपाल–चीन सीमानामा पर्ने ११ नम्बरको सीमास्तम्भ भेटिएको छ । 

हुम्लाको नाम्खा गाउँपालिका ६ टाकुलेमा सीमास्तम्भ भेटिएको हो। हराएको भनिएको झण्डै ५८ वर्षपछि बुधबार सीमास्तम्भ भेटिएको हो।

सीमा अनुगमनका लागि गएको टोलिले ११ नम्बर सीमास्तम्भ भेटिएको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङ (लामा)ले जानकारी दिए। 

हिल्सा नाकाभन्दा झण्डै पाँच हजार दुर्इ सय मिटर उचाइमा सीमास्तम्भ भेटिएको क्षेत्र पर्दछ।

चीनले हुम्लाको नाम्खा गाउँपालिका ६ लाप्चाक्षेत्र (लोलुङजोङ) मा भवनहरु बनाएपछि हुम्लाको सुरक्षाकर्मीको टोलि सिमास्तम्भ अनुगमनमा गएको थियो।

सिमास्तम्भ भेटिएपनि लोलुङचोङ क्षेत्र नेपाल या चीन कसको सिमानामा पर्छ भन्नेबारे एकिन भएको छैन। 

अनुगमन टोलि फर्किएपछि मात्रै थप अध्ययन प्रतिवेदन तयार पार्ने र सोही अनुसार लोलुङचोङ क्षेत्रको एकिन हुने अध्यक्ष लामाले बताए। 

हुम्लामा १५ वटा सिमास्तम्भ छन्। चीनले नेपाली भूमिमा संरचना निर्माण नगरेको बताइँदै आएको छ।  

प्रकाशित: Sep 24, 2020| 01:18 बिहीबार, असोज ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।