शनिबार, भदौ १३, २०८३

तिनाउ नदीमा जल सतह खतराको तहभन्दा माथि

अविरल वर्षाका कारण तिनाउ नदीमा जल सतहले खतराको तह पार गरेको छ।
 |  बिहीबार, असोज ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ८, २०७७

काठमाडौं– अविरल वर्षाका कारण तिनाउ नदीमा जल सतहले खतराको तह पार गरेको छ।

जल तथा मौसम विज्ञान विज्ञान विभागले अहिले बिहान अलर्ट जारी गर्दै नदी तटीय क्षेत्र र आसपासका क्षेत्रमा डुबान हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

उता नारायणी नदीमा पनि बाढी आई देवघाट मापन केन्द्रमा जल सतहले सतर्कताको तह पार गरेको छ। जल सतह बढ्दो क्रममा रहेको र खतराको तहमा पुग्न सक्ने भएकोले चितवन र नवलपरासीको तटीय क्षेत्रमा दिनभरी नै उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। 

हाल भारतको मध्य प्रदेशमा रहेको न्यून चापीय क्षेत्र पश्चिम उत्तर पश्चिमतर्फ सर्ने क्रममा भोलि शुक्रबारसम्म नेपालका धेरै स्थानमा बदली भई मेघ गर्जन, चट्टयाङ, हावाहुरी सहितको वर्षा तथा केही स्थानमा भारीदेखि अति भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।

यसको प्रभावले नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन विभागले सचेत गराएको छ।

प्रकाशित: Sep 24, 2020| 00:37 बिहीबार, असोज ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।