शनिबार, भदौ १३, २०८३

सरकारले भन्यो– चीनले बनाएको भवन उसकै भूमिमा छ

नेपाल सरकारले चीनसँग जोडिएको हुम्लामा सीमा अतिक्रमण नभएको बताएको छ। 
 |  बुधबार, असोज ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज ७, २०७७

काठमाडौं– नेपाल सरकारले चीनसँग जोडिएको हुम्लामा सीमा अतिक्रमण नभएको बताएको छ। 

बुधबार साँझ परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै चीनले बनाएको भवन उसकै भूमिमा भएको बताएको हो। 

विज्ञप्तिमा भनिएको छ– ‘नापी विभाग र सरकारी अधिकारीहरूले स्थलगत अध्ययन गर्दा चीनले सीमा क्षेत्रभन्दा एक किलोमिटर पर आफ्नै भूमिमा भवन बनाएको पाइएको छ।’ 

विज्ञप्तिमा नेपाली भूमि अतिक्रमणमा परेको भन्दै आएका समाचार निराधार भएको र त्यसको भ्रममा नपर्न पनि आग्रह गरिएको छ। 

सरकारले नेपाल र चीनबीच सीमाका विषयमा कुनै विवाद नरहेको र  दुई देशबीच सौहार्दपूर्ण सम्बन्ध भएको पनि बताएको छ। 

प्रकाशित: Sep 23, 2020| 15:37 बुधबार, असोज ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।