शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट उपत्यकामा एक सातामा २६ को मृत्यु, ४,९१३ संक्रमित थपिए

कोरोनाबाट उपत्यकामा एक सातामा २६ को मृत्यु, ४,९१३ संक्रमित थपिए

पछिल्लो एक सातामा काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमण तीव्र रूपमा फैलिएको छ।
 |  बुधबार, असोज ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज ७, २०७७

काठमाडौं- पछिल्लो एक सातामा काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमण तीव्र रूपमा फैलिएको छ। सात दिनमा उपत्यकामा मात्र २६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ। 

यस अवधिमा देशभर नौ हजार ४७७ जनामा कोरोना संक्रमण भएकामा काठमाडौं उपत्यका मात्र चार हजार ९१३ जनामा कोरोना भाइरस संक्रमण भएको छ। 

यो सात दिनमा देशभर थपिएका संक्रमितको आधाभन्दा बढी अर्थात् ५२ प्रतिशत हो। 
उपत्यकामा असोज २ गते सबैभन्दा बढी ८५९ जनामा कोरोना संक्रमण भएको थियो। यस्तै सबैभन्दा कम १ गते ६१८ जना संक्रमित थपिएका थिए। 

एक सातामा देशभर ५७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सात दिनमा काठमाडौंमा १४, भक्तपुरमा चार र ललितपुरमा आठजना संक्रमितको मृत्यु भएको छ। 

कोरोना भाइरस संक्रमणबाट असोज ७ गते काठमाडौंमा दुई र ललितपुरमा एक जनाको मृत्यु भएको छ। ६ गते काठमाडौंमा एक जनाको मृत्यु भएको थियो। ५ गते काठमाडौं, भक्तपुर र ललितपुरमा दुई–दुई जनाको मृत्यु भएको थियो। 

असोज ४ गते काठमाडौंमा चार, भक्तपुरमा र ललितपुरमा एकएक जनाको मृत्यु भएको मन्त्रालयको विवरणमा उल्लेख छ। असोज ३ मा काठमाडौंमा दुई र ललितपुरमा तीन जना, २ गते काठमाडौंमा दुई, भक्तपुर र ललितपुरमा एक एकजना तथा असोज १ गते काठमाडौंमा एक जनाको मृत्यु भएको थियो।

बुधबारसम्म काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या १८ हजार ५३४ पुगेको छ। तीमध्ये काठमाडौंमा १५ हजार ११६, भक्तपुरमा एक हजार ६८५ र  ललितपुरमा एक हजार ७३३ छन्।
बुधबार काठमाडौमा ४९२, ललितपुरमा ५० र भक्तपुर ९५ गरी उपत्यकामा ६३७ जनामा कोरोना संक्रमण भएको छ। बुधबार देशभरमा संक्रमितको संख्या एक हजार १७२  छ।

यस्तै मंगलबार काठमाडौंमा ५११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ गरी ६४७ जना संक्रमित थपिएका थिए। देशभरमा एक हजार ३५६ मा संक्रमण भएको थियो।

सोमबार काठमाडौंमा ५३८, ललितपुरमा ६२ र भक्तपुरमा ७४ गरी ६७४ जनामा कोरोना भाइरस संक्रमण भएको थियो। 
त्यस दिन देशभरमा गरी एक हजार १५४ जनामा संक्रमण भएको थियो।
४ गते काठमाडौंमा ६०२, ललितपुरमा ६४ र भक्तपुरमा १०१ गरी ७६७ जनामा कोरोना संक्रमण भएको थियो भने देशभरमा संक्रमितको संख्या एक हजार ३२५ थियो। 

यस्तै ३ गते काठमाडौंमा ५७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ गरी ७११ जनामा कोरोना भाइरस संक्रमण भएको थियो भने देशभरमा गरी एक हजार २०४ जनामा कोरोना भाइरस संक्रमण भएको थियो।

२ गते काठमाडौंमा ६९८, ललितपुरमा ७९ र भक्तपुर ८२ गरी ८५९ जनामा कोरोना भाइरस संक्रमण भएको थियो। उक्त दिन देशभरमा गरी दुई हजार २० जनामा कोरोना संक्रमण भएको थियो।

असोज १ गते काठमाडौंमा ५०७, ललितपुरमा ६१ र भक्तपुरमा ५० जना गरी ६१८ जनामा कोरोना भाइरस संक्रमण भएको थियो।
त्यस दिन देशभर गरी एक हजार २४६ जनामा कोरोना भाइरस संक्रमण भएको मन्त्रालयको तथ्यांक छ।
 कोरोना भाइरस संक्रमणबाट गम्भीर भएका ४३ जना देशका विभिन्न अस्पतालका भेन्टिलेटरमा उपचार गराइरहेका छन्। यस्तै २२० जना आईसीयूमा उपचाररत छन्।

नेपालमा बुधबारसम्म कोरोना भाइरस संक्रमणबाट ४९ हजार ९५४ जना मुक्त भएका छन्। यो कुल संक्रमितको ७३।७ प्रतिशत हो।
नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६७ हजार ८०७ पुगेको छ।

यस्तै सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आज एक हजार ८९३ जना संक्रमित थपिएका छन्। आजसम्म कोरोना भाइरस संक्रमणबाट ४३६ जनाको मृत्यु भएको छ।
 

प्रकाशित: Sep 23, 2020| 15:30 बुधबार, असोज ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।