शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिन्धुपाल्चोक र बाग्लुङलाई संकटग्रस्त जिल्ला घोषणा

सिन्धुपाल्चोक र बाग्लुङलाई संकटग्रस्त जिल्ला घोषणा

सरकारले सिन्धुपाल्चोक र बाग्लुङ जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गरेको छ।
 |  बुधबार, असोज ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज ७, २०७७

काठमाडौं- सरकारले सिन्धुपाल्चोक र बाग्लुङ जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गरेको छ।

यो वर्ष बाढी र पहिरोका कारण यी जिल्लामा धेरै धनजनको क्षति पुगेकाले विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। ती जिल्लामा विश्व बैंक मार्फत नेपाललाई प्राप्त हुने करिब ६ अर्व रुपियाँ लगानी गरेर विपद व्यवस्थापन पुनर्निर्माणको कामका लागि प्राप्त भएको पनि प्रवक्ता ज्ञवालीले बताए।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री ज्ञवालीले सरकारले निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन आगामी मंसिर २७ गते गर्ने निर्णय गरेकोसमेत जानकराी दिए। यसअघि सो निर्वाचन असोज २४ गते शनिबार गर्ने निर्णय भएको थियो। 

मंगलबार बसेको मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै ज्ञवालीले कोभिड १९ को संक्रमण बढ्दै गएकाले निर्वाचनको मिति सारिएको बताए। 

प्रवक्ता ज्ञवालीका अनुसार सरकारले नेपाली र चिनियाँ शास्त्रीय ग्रन्थहरुलाई अनुवाद गरी प्रकाशन गर्ने निर्णय गरेको छ। दुवै देशका करिब १०० वटा ग्रन्थको अनुवाद गरी प्रकाशन गर्ने समझदारी पत्रमा हस्ताक्षर गर्ने स्वीकृति सरकारले दिएको छ। नेपाली ग्रन्थलाई चिनियाँ भाषामा र चिनियाँ भाषाको ग्रन्थ नेपाली भाषामा अनुवादसहित प्रकाशन हुने प्रवक्ता ज्ञवालीले जानकारी दिए।

यस्तै नेपाल–चीन व्यापार संयुक्त कार्यदलको प्रथम बैठकका लागि वार्ता टोली र कार्यसूची स्वीकृत गरिएको प्रवक्ता ज्ञवालीले बताए। सो बैठक आगामी हप्ता हुनेछ। 

यस्तै, हाइटी कलेरा रेस्पोन्स मल्टिपार्टनर ट्रष्ट फण्डका लागि संयुक्त राष्ट्र संघले स्थापना गरेको कोषमा नेपालको तर्फबाट पाँच हजार डलर योगदान गर्ने निर्णय सरकारले गरेको छ।

नेपाल सरकार र इजराइल सरकारबीच श्रम सम्झौतामा हस्ताक्षर गर्नका लागि नेपालका लागि इजरायलका राजदूत डा. अन्जन शाक्यलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ। जिटुजी लेवलबाट नेपाली केयर गिभरहरु त्यहाँ जान पाउने प्रवक्ता ज्ञवालीले बताए।

गुल्मीको रेसुङ्गा नगरपालिका र बेलायतको हकिङटङ काउन्सिलबीच भगिनी सम्बन्ध कायम गर्न स्वीकृती प्रदान गर्ने निर्णय सकारले गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए। 
 

प्रकाशित: Sep 23, 2020| 14:35 बुधबार, असोज ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।