शनिबार, भदौ १३, २०८३

राजमार्गमा नाइटभिजन सीसीटीभी क्यामेरा

पूर्व-पश्चिम राजमार्ग क्षेत्रमा नाइटभिजन सीसीटीभी क्यामेरा जडान गरिएको छ।
 |  बुधबार, असोज ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज ७, २०७७

धनगढी- पूर्व-पश्चिम राजमार्ग क्षेत्रमा नाइटभिजन सीसीटीभी क्यामेरा जडान गरिएको छ।

अपराधिक क्रियाकलाप नियन्त्र गर्न कञ्चनपुरको वेदकोट नगरपालिकाले पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा नाइटभिजन सीसीटीभी क्यामेरा जडान गरेको हो।

नगरपालिकाको राजमार्ग क्षेत्रमा आपराधिक क्रियाकलाप हुन सक्ने सम्भावित क्षेत्रमा २५ वटा क्यामेरा जडान गरेको हो।

नगरपालिकाको राजमार्ग क्षेत्रमा पर्ने दैजी र चम्फापुर क्षेत्रमा नाइटभिजन सीसीटीभी क्यामेरा जडान गरिएको वेदकोट नगरपालिकाका नगर प्रमुख अशोककुमार चन्दले बताए।

हाललाई नगरको राजमार्ग क्षेत्रमा जहाँ अपराधिक क्रियाकलाप हुन सक्छ त्यहाँ नाइटभिजन सीसीटीभी क्यामरा जडान गरेका छौँ नगर प्रमुख चन्दले भने, ‘आवश्यकताको आधारमा नगरका अन्य क्षेत्रमा जडान गर्ने योजना छ।’

‘सीसीटीभी क्यामेरा र ११६ वटा सौर्य बत्ती जडानका लागि नगरपालिकाले अमृत बोहरा जेभीसँग एक करोड १३ लाखमा ठेक्का सम्झौता गरेका हौँ’ नगर प्रमुख चन्दले भने, ‘सीसीटीभी क्यामेराको जडानको कार्य पूरा भएको, सौर्य बत्ती जडान गर्ने कार्य अगाडि बढाइएको छ।’

निगरानीका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको समन्वयमा नगरपालिकाको कार्यालयमा कन्ट्रोल रुम राखिएको बताउँदै चन्दले सौर्य बत्ती जडान भएपछि रातको समयमा चोरी लगायत अपराधिक क्रियाकलापमा नियन्त्रण आउने छ।

प्रकाशित: Sep 23, 2020| 14:05 बुधबार, असोज ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।