शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अपांगता भएका व्यक्तिको समस्या समाधान गर्न सरकार प्रतिबद्ध  : मन्त्री गुरुङ

अपांगता भएका व्यक्तिको समस्या समाधान गर्न सरकार प्रतिबद्ध  : मन्त्री गुरुङ

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अपांगता भएका व्यक्तिहरुको समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्।
 |  बुधबार, असोज ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज ७, २०७७

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अपांगता भएका व्यक्तिहरुको समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्।

मन्त्री गुरुङले कोभिड–१९ को महामारीबाट अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक लगायतका संवेदनशील वर्ग र समुदाय बढी मारमा परिरहेका उल्लेख गर्दै उनीहरुको समस्या तत्काल समाधान गर्न विशेष ध्यान दिन पनि प्रदेश, स्थानीय सरकार र सरोकारवाला सबै निकायलाई आग्रह गरे।

४१ औं सामाजिक सेवा दिवसको अवसर पारेर ‘अपांगता भएका महिलाहरुको महासंघ–नेपाल’ले बुधबार काठमाडौंमा आयोजना गरेको ‘भर्चुअल’ बैठकमा उनले अपांगता भएका व्यक्तिहरुको भावना, अपेक्षा र सपना पूरा गर्न सरकारले राष्ट्रिय अपांगता महासंघ–नेपाल, प्रदेश र स्थानीय सरकार तथा सम्बन्धित सामाजिक संघ, संस्थाहरुसँग सहकार्यका साथ काम गरिरहेको पनि बताए।

‘सामाजिक संघसंस्था परिचालन गरेर पनि अपांगता भएका व्यक्तिहरुको समस्या समाधान गर्न सरकार प्रतिवद्ध छ,’ मन्त्री गुरुङले भने, ‘उनीहरुको समस्या समाधानका लागि प्रदेश र स्थानीय सरकारलाई विशेष ध्यान दिन आग्रह गर्दछु।’

अपांगता भएका व्यक्तिहरुलाई सामाजिक सुरक्षा ऐनले व्यवस्था गरेको सेवा र सुविधा कटौती हुन नदिने दृढता व्यक्त गरे।
 

प्रकाशित: Sep 23, 2020| 11:34 बुधबार, असोज ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।