शनिबार, भदौ १३, २०८३

संक्रमितमध्ये ७३.७ प्रतिशत संक्रमणमुक्त

नेपालमा बुधबारसम्म कोरोना भाइरस संक्रमणबाट ४९ हजार ९५४ जना मुक्त भएका छन्। यो कुल संक्रमितको ७३।७ प्रतिशत हो।
 |  बुधबार, असोज ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज ७, २०७७

काठमाडौं– नेपालमा बुधबारसम्म कोरोना भाइरस संक्रमणबाट ४९ हजार ९५४ जना मुक्त भएका छन्। यो कुल संक्रमितको ७३.७ प्रतिशत हो।

नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६७ हजार ८०७ पुगेको छ।

यस्तै सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज एक हजार ८९३ जना संक्रमित थपिएका छन्। आजसम्म कोरोना भाइरस संक्रमणबाट ४३६ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा एक हजार ८९३ जना निको भएका छन्।

आजसम्म प्रदेश १ मा चार हजार ५१६, प्रदेश २ मा १२ हजार ७६०, बागमतीमा १२ हजार ८१२ जना संक्रमणमुक्त भएका छन्।

गण्डकीमा दुई हजार ९४१, प्रदेश पाँचमा ७ हजार ७७५, कर्णालीमा दुई हजार ७८२ र सुदूरपश्चिममा ६ हजार ३६८ जना कोरोनामुक्त भएका छन्।
 

प्रकाशित: Sep 23, 2020| 10:54 बुधबार, असोज ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।