काठमाडौं– पछिल्लो २४ घण्टामा काठमाडौंमा ४९२ जना कोरोना संक्रमित थपिएका छन्।
त्यसैगरी ललितपुरमा ५० र भक्तपुरमा ९५ जना संक्रमित थपिएका छन्।
आजको दिनमा देशभर १७ हजार ४१४ जना सक्रिय संक्रमित छन्।
संस्थागत आइसोलेसनमा ८ हजार २२८ जना र होम आइसोलेसनमा ९ हजार १८६ जना छन्।
पछिल्लो २४ घण्टामा ११ सय ७४ जना संक्रमित थपिएका छन् भने १८ ९३ जना संक्रमणमुक्त भएका छन्।
पछिल्लो २४ घण्टामा देशभर ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको कुल संख्या ४३६ पुगेको छ।
देशभरका आईसीयूमा अहिले २२० जना संक्रमित छन् भने भेन्टिलेटरमा ४३ जना छन्।