शनिबार, भदौ १३, २०८३

धनगढी उप महानगरमा २६ थप जनामा कोरोना पुष्टि

धनगढी उप महानगरपालिकामा एकै दिन २६ जना कोरोना संक्रमित थपिएका छन्।
 |  बुधबार, असोज ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज ७, २०७७

धनगढी- धनगढी उप महानगरपालिकामा एकै दिन २६ जना कोरोना संक्रमित थपिएका छन्। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा बुधवार थप २६ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पताल सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्बर २ र वडा नम्बर १३ का ८–८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ 

सूचना अधिकारी श्रेष्ठका अनुसार वडा नम्बर १, ३ र ५ का २–२ जना, वडा नम्वर ४, ११, १४ र १८ का १–१ जनामा संक्रमण पुष्टि भएको छ। 

योसँगै धनगढीमा संक्रमितको संख्या ५१५ पुगेको छ। जसमध्ये हिजोसम्म ३८८ जना संक्रमणमुक्त भएर घर फर्किसकेका छन्।

प्रकाशित: Sep 23, 2020| 10:52 बुधबार, असोज ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।