काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ६७ हजार ८०४ पुगेको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ छ। जसमध्ये संस्थागत आइसोलेसनमा ८ हजार २२८ र होम आइसोलेसनमा ९ हजार १८६ जना रहेका छन्।
पछिल्लो २४ घण्टामा नेपालमा ९ हजार ४४९ जनाको पीसीआर परीक्षण गरिएको छ। यो सहित नेपालमा ९ लाख ४४ हजार ४७४ जनाको पीसीआर परीक्षण गरिएको छ।
पछिल्लो २४ घण्टामा १ हजार ८९३ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४३६ पुगेको छ।