शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रतिपक्षी दलका नेता भन्छन्– सरकारको काममा नेकपाले हस्तक्षेप गर्न मिल्दैन

प्रतिपक्षी दलका नेता भन्छन्– सरकारको काममा नेकपाले हस्तक्षेप गर्न मिल्दैन

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ट्वीट गर्दै ‘सरकार जनताको कि पार्टीको ?’ भन्दै प्रश्न गरेका छन्।
 |  बुधबार, असोज ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज ७, २०७७

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आइतबार तत्कालीन माओवादी केन्द्रको पार्टी कार्यालय रहेको पेरिसडाँडामा बस्यो। बैठकले मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक तथा राजनीतिक नियुक्ति, सांगठनिक एकीकरणका बाँकी काम र केन्द्रीय कमिटी तथा स्थायी कमिटीमा पदपूर्ति गरी चार एजेन्डा तय ग¥यो। 

मंगलबार बसेको बैठकले संवैधानिक परिषद्को बैठक छिटो डाकेर संवैधानिक निकायका रिक्त पदपूर्तिका लागि आवश्यक निर्णय लिन सरकारलाई अनुरोध गर्ने निर्णय ग¥यो। यद्यपि मन्त्रिपरिषद् पुनर्गठनका विषयमा भने छलफल भएन।

यसैबीच, सत्तारुढ दलभित्र पछिल्लो समय भइरहेका छलफलका विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राप्रपाका नेताहरुले आपत्ति जनाएका छन्। 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ट्वीट गर्दै ‘सरकार जनताको कि पार्टीको ?’ भन्दै प्रश्न गरेका छन्। ‘लोकतन्त्रमा पार्टीको घोषणापत्र र उम्मेदवार हेरेर जनताले चुने पनि सरकार पार्टीको पेवा हुँदैन, जनताको हुन्छ,’ उनले लेखेका छन्।

नेपालको कम्युनिष्ट पार्टीको चालामाला हेर्दा सरकार, संवैधानिक परिषद्, न्याय परिषद् तथा अन्य स्वायत्त निकायमा गर्नुपर्ने नियुक्तिहरु समेत पार्टीको निर्देशन अनुसार हुन खोजिरहेको पौडेलको भनाइ छ। 

पार्टीले आफ्नो अनुकूलको रोष्टर बनाएर पार्टीकै निर्देशन बमोजिम सरकारले गर्नुपर्ने भन्ने कुरा आएकोमा पौडेलको आपत्ति छ। ‘यो भनेको संवैधानिक सर्वोच्चता हैन, सर्वसत्तावादतिरको तानावाना हो,’ उनले भनेका छन्, ‘देश र जनताप्रति हैन नितान्त कम्युनिष्ट पार्टी प्रति जवाफदेही हुने प्रथा कम्युनिष्ट अधिनायकवादमा मात्र हुन्छ।’

त्यस्तै राप्रपाका अध्यक्ष कमल थापाले पनि सरकार संविधान र कानुन अनुसार चल्नुपर्ने धारणा राखेका छन्। ‘चुनावी घोषणापत्र अनुसार काम गर्न सरकारलाई पार्टीले नीतिगत मार्गदर्शन गर्नुपर्छ,’ उनले भनेका छन्,‘सरकार संविधान र कानुन अनुसार चल्नुपर्छ।’

सरकारको काममा पार्टीले प्रत्यक्ष हस्तक्षेप गर्ने र सरकारी र संवैधानिक नियुक्तिमा निर्देशन दिने काम सर्वसत्तावादी र कम्युनिष्ट व्यवस्थामा मात्र हुने भन्दै उनले प्रजातन्त्रमा त्यस्तो नहुने बताएका छन्।

२६ भदौमा सकिएको स्थायी कमिटी बैठकले गरेका निर्णय र निकालेका निष्कर्षलाई कार्यान्वयनमा लैजाने भन्दै नेकपाको सचिवालय बैठक दुई दिन बसेको थियो। 

प्रकाशित: Sep 23, 2020| 10:31 बुधबार, असोज ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।