शनिबार, भदौ १३, २०८३

प्रदेश १ मा ८०८ जनाको पीसीआर गर्दा ९१ संक्रमित 

प्रदेश १ का ५ वटा प्रयोगशालाले पछिल्लो २४ घण्टामा ८०८ जनाको पीसीआर परीक्षण गरेका छन्। परीक्षण गरिएका मध्ये ९१ जनाको रिपोर्ट पोजेटिभ आएको छ। 
 |  बुधबार, असोज ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज ७, २०७७

विराटनगर– प्रदेश १ का ५ वटा प्रयोगशालाले पछिल्लो २४ घण्टामा ८०८ जनाको पीसीआर परीक्षण गरेका छन्। परीक्षण गरिएका मध्ये ९१ जनाको रिपोर्ट पोजेटिभ आएको छ। 

बुधबार मोरङमा ४२, सुनसरीमा ३७, झापामा ४, पाँचथरमा २, ताप्लेजुङ र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

विराटनगरमा ११ महिला १३ पुरुष, पथरीशनिश्चरेमा ३ महिला ३ पुरुष, जहदामा ३ महिला ३ पुरुष, सुन्दरहरैचामा १ महिला २ पुरुष, ग्रामथान, कटहरी र मिक्लाजुङमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ।

उता सुनसरीको इटहरीमा २४ महिला ७ पुरुष, दुहवीमा २ महिला २ पुरुष, स्थानीय तह नखुलेका २ पुरुष, झापाको गौरादहका १ पुरुष, स्थानीय तह नखुलेका ३ पुरुष, पाँचथरको फालेलुङमा २ पुरुष, ताप्लेजुङमा १ पुरुष, तेह्रथुमको छथरमा १ पुरुष र प्रदेश १ बाहिरका २ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ९५० पुगेको छ। 

प्रदेश १ मा आज २७ जना डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या २ हजार ६१९ पुगेको छ।
 

प्रकाशित: Sep 23, 2020| 10:04 बुधबार, असोज ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।