शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सप्तरीमा मेयरलाई कोरोना संक्रमण, श्वासप्रश्वासमा समस्या भएपछि काठमाडौं लगिँदै

सप्तरीमा मेयरलाई कोरोना संक्रमण, श्वासप्रश्वासमा समस्या भएपछि काठमाडौं लगिँदै

कोरोना संक्रमण पुष्टि भएका सप्तरीका एक मेयरको स्वास्थ्य बिग्रिएपछि काठमाडौं रिफर गरिएको छ। 
 |  बुधबार, असोज ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज ७, २०७७

जनकपुरधाम– कोरोना संक्रमण पुष्टि भएका सप्तरीका एक मेयरको स्वास्थ्य बिग्रिएपछि काठमाडौं रिफर गरिएको छ। 

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेशकुमार साहलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनलाई जनकपुरस्थित कोभिड अस्पतालमा भर्ना गरिएको थियो।

साहमा श्वासप्रश्वासको समस्या देखिएपछि काठमाडौं रेफर गरिएको अस्पतालका फोकल पर्सन डा. रामदेव चौधरीले जानकारी दिए। उनका अनुसार नगर प्रमुख साहमा निमोनियाको समस्यासमेत देखिएको छ।

उनले भने ‘अहिले त नगर प्रमुख साहको अवस्था सामान्य छ तर भेन्टिलेटरको आवश्यकता पर्न सक्ने हुनाले काठमाडौं रेफर गर्न लागेका हौं।’ उनलाई काठमाडौं लैजानका लागि भेन्टिलेटर सहितको एम्बुलेन्स मगाउन लागिएको डा. चौधरीले बताए।  

नगर प्रमुख साह प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहका छोरा हुन्। साहसँगै उनका ३२ वर्षीय चालकमा समेत कोरोना संक्रमण भएको छ।
 

प्रकाशित: Sep 23, 2020| 10:00 बुधबार, असोज ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।