शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • १५ लाख फिरौती नदिँदा बम विस्फोट गराउने व्यक्ति पक्राउ

१५ लाख फिरौती नदिँदा बम विस्फोट गराउने व्यक्ति पक्राउ

आपराधिक लाभ, बम विष्फोट तथा संगठित अपराध मुद्दामा फरार रहेका एक प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले पक्राउ गरेको छ। 
 |  बुधबार, असोज ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज ७, २०७७

काठमाडौं- आपराधिक लाभ, बम विष्फोट तथा संगठित अपराध मुद्दामा फरार रहेका एक प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले पक्राउ गरेको छ। 

बारा परवानीपुर गाउँपालिका-१ का ३६ वर्षीय कपिलदेव महतोलाई गएराति घरबाटै प्रहरीले पक्राउ गरेको हो। 

केही दिनअघि नेपाल प्रवेश गरेर लुकिछिपी आपराधिक गतिविधिमा संलग्न हुन लागेको भन्ने सूचनाको आधारमा प्रहरीले निगरानी गरेको थियो।

परवानीपुर गाउँपालिका-४ स्थित एमएस इँट्टा उद्योगका सञ्चालकले १५ लाख रुपैयाँ फिरौती रकम नदिएको भन्दै महतोसहितको समूहले ४ कात्तिक २०७६ मा इँट्टा उद्योगमा बम विष्फोट गराएको थियो। 

बम विष्फोटपछि पनि फिरौती रकम दिनु नत्र घरपरिवार समेतलाई खतरा हुने भन्दै पटकपटक धम्की दिइएको थियो।

२५ मंसिर २०७६ मा फिरौती रकम तीन लाख लिएर परवानीपुर गाउँपालिका-४ चैनपुरमा आउन भनेर बोलाएको भन्दै इँट्टा उद्योगका सञ्चालकले प्रहरीमा खबर गरेका थिए।

प्रहरीले फिरौती रकम लिन आएका ३१ वर्षीय प्रमोद साह गोढ, २० वर्षीय देव शंकर राम, २० वर्षीय अच्छेलाल गोसाई र ३९ वर्षीय दिपेन्द्र कुमार धानुक समेतलाई तत्काल पक्राउ गरेको थियो। तर, महतो भने फरार भएका थिए।

पक्राउ परेकाविरुद्ध आपराधिक लाभ, बम विष्फोट तथा संगठित अपराध मुद्दामा अनुसन्धान गरी प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरेको थियो।

२७ माघ २०७६ मा जिल्ला अदालतको आदेशले पक्राउ परेकाहरु पुर्पक्षको लागि कारागार कार्यालय बीरगन्ज चलान भएका थिए। 

प्रकाशित: Sep 23, 2020| 09:25 बुधबार, असोज ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।