शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • व्यवसाय खुलाउनुपर्ने मागसहित सौन्दर्य व्यवसायी धर्नामा

व्यवसाय खुलाउनुपर्ने मागसहित सौन्दर्य व्यवसायी धर्नामा

पोखराका सौन्दर्य व्यवसायीले व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै  जिल्ला प्रशासन कार्यालय कास्कीमा धर्ना दिएका छन्।
 |  बुधबार, असोज ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज ७, २०७७

पोखरा– पोखराका सौन्दर्य व्यवसायीले व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै  जिल्ला प्रशासन कार्यालय कास्कीमा धर्ना दिएका छन्। कोरोना महामारीका कारण सौन्दर्य व्यवसाय, ब्युटीपार्लर तथा सैलुन सेवा ६ महिनादेखि पूर्णरुपमा बन्द छ। 

व्यवसाय ठप्प हुँदा रोजीरोटीमै समस्या परेको भन्दै उनीहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएका छन्। ब्युटीपार्लर एसोसिएसन कास्कीको अगुवाइमा शान्तिपूर्ण धर्नासहित प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाललाई ७ बुँदे मागसहित ज्ञापनपत्र बुझाइएको ब्युटीपार्लर एसोसिएसन पोखराकी सचिव वविता केसी कार्कीले जानकारी दिइन्। 

घरको कामबाट फुर्सद निकालेर व्यवसाय सञ्चालन गरी घरपरिवार धान्दै आइरहे पनि अहिले बन्द रहेका बेला बैंक र घरधनीले किस्ता र भाडा माग्ने क्रम नरोक्दा झन् समस्या परेको उनीहरुको भनाइ थियो। कतै फाट्टफुट्ट खुलेका ब्युटीपार्लर र सैलुन सञ्चालकमाथि सुरक्षाकर्मीले दुर्व्यवहार गरेको भन्दै उनीहरुले गुनासो समेत गरेका छन्। 

कोरोनाको महामारी पहिलेदेखि नै आफूहरुले सुरक्षित रुपमा व्यवसाय सञ्चालन गर्दै आइरहेको र अहिले स्वास्थ्य संगठनको मापदण्ड अनुसार सञ्चालन गर्न तयार रहँदा पनि प्रहरी प्रशासनले निकै दुःख दिने गरेको ज्ञापनपत्रमा उल्लेख छ। 

व्यवसायीहरुले कोभिड १९ को मापदण्ड अनुसार सञ्चालन गर्ने गरी तत्काल व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने, बैंक वित्तीय संस्थाको ब्याजमा सहुलियतको लागि सिफारिस र लकडाउन अवधिको ब्याज मिनाहा र पूर्णरुपमा खुल्ला नहुन्जेल किस्तामा सहुलियत पाउनुपर्ने माग गरेका छन्।

लकडाउनका बेला व्यवसाय सञ्चालन हुन नसकेर सौन्दर्य सामग्रीको मिति कटेको हुँदा पुनः सञ्चालनमा बाधा परेको र त्यसका लागि राहत पाउनुपर्ने पनि माग उनीहरुले गरेका छन्। 

स्थानीय तह तथा अन्य सरकारी निकायबाट लिइने वार्षिक कर तथा राजस्व एक वर्षका लागि छुट गराइनुपर्ने र बैंकबाट ऋण लिई सानो व्यवसाय सञ्चालन गरेकाहरुलाई घटीमा ६ महिनाको किस्ता तिर्ने गरी ब्याजमा छुटको व्यवस्था गराइनुपर्ने माग व्यवसायीले राखेका छन्। 

सौन्दर्यकर्मी एवं उद्योग वाणिज्य संघका उपमहासचिव चिनु गुरुङको नेतृत्वमा  ब्युटीपार्लर एसोसिएसन कास्की, नेपाल ब्युटिसियन संघ गण्डकी प्रदेश, नेपाल युथ सैलुन एसोसिएसन कास्की र नेपाल नाइ संघ गण्डकी प्रदेश र कास्कीका प्रतिनिधि धर्नामा सहभागी थिए। 

प्रकाशित: Sep 23, 2020| 09:22 बुधबार, असोज ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।