शनिबार, भदौ १३, २०८३

कोरोनामुक्त भएकाले सुरु गरे ‘प्लाज्मा दान’ अभियान

कोरोनामुक्त भएका व्यक्तिहरुले 'प्लाज्मा दान' अभियान सुरु गरेका छन्।
 |  बुधबार, असोज ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज ७, २०७७

काठमाडौं- कोरोनामुक्त भएका व्यक्तिहरुले 'प्लाज्मा दान' अभियान सुरु गरेका छन्।

कोभिड–१९ संक्रमणबाट मुक्त भएकाको प्लाज्माले गम्भीर अवस्थमा पुगेका संक्रमितको उपचारमा सहयोग गर्ने भएकाले प्लाज्मा दान अभियान सुरु गरिएको अभियानकर्ता नारायण घर्तीले जानकारी दिए। 

त्रिवि शिक्षण अस्पतालबाट अभियान सुरु गरिएको छ। आजै सुरु गरिएको अभियानमा ८ जनाले रक्तदान गरिसकेका छन्। ‘मैले जितेँ कोरोना म गर्छु (प्लाज्मा) रक्तदान’ भन्ने नाराका साथ सुरु गरिएको अभियान देशभरी सञ्चालन गर्ने उनले बताए।

कोरोनामुक्त भएकाहरुलाई सामाजिक सञ्जालबाट जोड्दै लगिने घर्तीले जनाएका छन्। कोरोनामुक्त भएकालाई समेत समाजमा हेर्ने दृष्टिकोण नराम्रो भएकाले यस अभियानले सकारात्मक भूमिका खेल्ने उनी बताउँछन्।  

कोरोना संक्रमणबाट गम्भीर अवस्थामा पुगेका संक्रमितका लागि स्वास्थ्य मन्त्रालय तथा नेपाल स्वास्थ्य अनुसन्धान परिषदको आग्रहमै प्लाज्मा थेरापीबाट उपचार गरिएको छ।

त्यसैले प्लाज्मा दान अभियान सुरु गरिएको घर्तीले बताए। त्रिवि शिक्षण अस्पतालले यसअघि नै प्लाज्मा बैंकको स्थापना गरी प्लाज्मा संकलन गरिरहेको छ।
 

प्रकाशित: Sep 23, 2020| 09:15 बुधबार, असोज ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।