शनिबार, भदौ १३, २०८३

मकवानपुरको देउरालीमा जीप पुरिँदा एकको मृत्यु

मकवानपुरको देउरालीमा पहिरोसँगै आएको ठूलो ढुंगाले जीप थिचिएर एकजनाको मृत्यु भएको छ। 
 |  बुधबार, असोज ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज ७, २०७७

काठमाडौं– मकवानपुरको देउरालीमा पहिरोसँगै आएको ठूलो ढुंगाले जीप थिचिएर एकजनाको मृत्यु भएको छ। 

इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार भीमफेदी–कुलेखानी सडकखण्डअन्तर्गत देउरालीमा पहिरोसँगै आएको ढुंगाले जीप थिचिएर चालकको मृत्यु भएको हो।

४० वर्षीय जीप चालक युनिस आलमको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

इन्द्रसरोवर गाउँपालिका–२ देउरालीनजिक बा १७ च ४८७४ नम्बरको जीप पहिरोले पुरेको हो। उक्त पहिरोमा परेर बा ९७ प ४८५१ नम्बर मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन्।

घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ। 

प्रकाशित: Sep 23, 2020| 07:51 बुधबार, असोज ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।