NadaNada
बिहीबार, भदौ ५, २०८२

बालबालिकाको मुन्द्रा लुटपाटमा संलग्न पक्राउ

बालबालिकाको कानमा लगाएको मुन्द्रा लुटपाट गर्ने कार्यमा संलग्न रहेको आरोपमा एक महिला पक्राउ परेकी छन्। 
 |  बुधबार, असोज ७, २०७७
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असोज ७, २०७७

vianetvianet

काठमाडौं– बालबालिकाको कानमा लगाएको मुन्द्रा लुटपाट गर्ने कार्यमा संलग्न रहेको आरोपमा एक महिला पक्राउ परेकी छन्। 

सुनका गहना लुटपाट गरेको आरोपमा महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले संगीता क्षेत्रीलाई गोकर्णेश्वर नगरपालिका–८ माकलबारीबाट  पक्राउ गरेको हो।

म्याग्दी घर भई काठमाडौंको बालाजुमा डेरा गरेर बस्ने ३२ वर्षीया क्षेत्री लामो समयदेखि बालबालिकाको कानमा लगाएको मुन्द्रा लुट्ने काममा सक्रिय रहेको प्रहरीले जनाएको छ। 

उनले बालबालिकालाई चकलेट/आइसक्रिम दिएर आमाको साथी भन्दै प्रलोभनमा पार्ने र नमानेमा डर देखाएर मुन्द्रा लुटपाट गर्दै आएको अनुसन्धानबाट खुलेको छ। 

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार ती महिलाले अहिलेसम्म मनमैजु, कपन, कपुराधारा, गल्कोपाखा, स्युचाटार, कोटेश्वर, गोठाटार, महांकाल, बौद्धलगायतका २० ठाउँमा २२ बालबालिकाको मुन्द्रा लुटिसकेको  देखिएको छ। 

Metro Mart

प्रहरीले लुटिएका सुनका मुन्द्रा/रिङ खरिद गर्ने व्यक्तिलाई पनि पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रे घर भई ललितपुरस्थित सौगलमा डेरा गरेर बस्ने ३० वर्षीय मुरली विक छन्।

उनले आफ्नै सुनचाँदी पसलमा लुटिएको सामान खरिद गर्ने गरेको खुलेको छ। उनले उक्त सुनपसल विना दर्ता नै सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ। 
उनको पसलबाट लुटिएका सुनका केही गहना, नगद साढे ३० हजारसमेत बरामद गरेको छ।  
 

प्रकाशित: Sep 23, 2020| 07:40 बुधबार, असोज ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।