शनिबार, भदौ १३, २०८३

गौतमविरुद्ध परेको रिटमा सुनुवाइ आज  

नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुँदै छ।  
 |  बुधबार, असोज ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज ७, २०७७

काठमाडौं– नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुँदै छ।  

राष्ट्रपतिको कार्यालयसमेतलाई विपक्षी बनाएर दायर रिटको सुनुवाइ न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासमा हुने कार्यसूची छ। 

प्रतिनिधिसभा निर्वाचनमा पराजित गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्नु असंवैधानिक रहेको भन्दै वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले ६ असोजमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

नेकपाले रिक्त राष्ट्रिय सभाको सदस्यमा गौतमलाई पठाउने निर्णय गरेपछि मन्त्रिपरिषद्ले गौतमलाई मनोनयका लागि सिफारिस गरेको थियो।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा मनोनीत गरेपछि गौतमले १ असोजमा शपथ लिएका थिए।
गौतम प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट पराजित भएका थिए। 
 

प्रकाशित: Sep 23, 2020| 06:05 बुधबार, असोज ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।