शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भरतपुरमा पिसीआर परीक्षण बन्द, काठमाडौं पठाउन थालियो नमुना

भरतपुरमा पिसीआर परीक्षण बन्द, काठमाडौं पठाउन थालियो नमुना

भरतपुर अस्पतालले सञ्चालन गरेको भरतपुर कोभिड–१९ प्रयोगशालामा पिसीआर परीक्षणको रिएजेन्ट सकिएपछि मंगलबारदेखि पिसीआर परीक्षण बन्द भएको छ। 
 |  बुधबार, असोज ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज ७, २०७७

भरतपुर– भरतपुर अस्पतालले सञ्चालन गरेको भरतपुर कोभिड–१९ प्रयोगशालामा पिसीआर परीक्षणको रिएजेन्ट सकिएपछि मंगलबारदेखि पिसीआर परीक्षण बन्द भएको छ। 

यहाँ संकलित नमुना काठमाडौं पठाउन थालिएको छ । 

प्रयोगशाला प्रमुख डा नीतु अधिकारीका अनुसार सोमबार रिएजेन्ट सकिएपछि यहाँ परीक्षण गर्न रोकिएको हो। 

मंगलबार मात्र ३२५ वटा नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको उनले बताइन्। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, जनस्वास्थ्य प्रयोगशालालगायत अन्य प्रयोगशालामा रिएजेन्ट खोज्ने काम भइरहेको अधिकारीको भनाइ छ। 

प्रयोगशालामा चाहिने आर एन ए एब्सट्र्याक्सन किट र पिसीआर रिएजेन्ट मध्ये रिएजेन्ट अभाव भएको प्रयोगशालाले जनाएको छ। 

जिल्लामा निजी क्षेत्रमा चितवन मेडिकल कलेज र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पैसा लिएर मात्रै पिसीआर परीक्षण गर्दै आएका छन्। 

भरतपुर प्रयोगशालाले भने निःशुल्क परीक्षण गरिरहेको थियो। 

गत चैत २२ गते शुरु भएको यो प्रयोगशालाले हालसम्म २५ हजारभन्दा बढी नमूनाको परीक्षण गरिसकेको छ। 

यहाँ बाहिरी जिल्लाबाट समेत परीक्षणका लागि नमुना यहाँ पठाइने गरेको छ । 
 
 

प्रकाशित: Sep 23, 2020| 05:45 बुधबार, असोज ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।