काठमाडौं- काठमाडौंको गोङ्गबुमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।
बा ४ ख ३८५० नम्बरको बसले ठक्कर दिँदा कपनका ४५ वर्षका शंकर पन्तको मृत्यु भएको हो ।
मंगलबार राति ८ बजेतिर गोङ्गबु बसपार्क गेटबाट छुटेको बसले ठक्कर दिदा घाइते भएका पन्तको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसको ठक्करबाट घाइते भएका धादिङका १४ वर्षका शंकर श्रेष्ठको उपचार भैरहेको छ ।
दुर्घटनापछि फरार भएका चालकको खोजी भैरहेको प्रहरीले जनाएको छ ।