शनिबार, भदौ १३, २०८३

विराट शिक्षण अस्पतालमा कोरोना संक्रमितको मृत्यु 

विराट शिक्षण अस्पताल बुढीगंगाको आइसोलेनमा झापाको भद्रपुर १० घर भएका कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । 
 |  बुधबार, असोज ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज ७, २०७७

विराटनगर– विराट शिक्षण अस्पताल बुढीगंगाको आइसोलेनमा झापाको भद्रपुर १० घर भएका कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । 

८६ वर्षीय पुरुषको उपचारका क्रममा बुधबार बिहान ५ः५० बजे मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले जानकारी दिए । 

कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका उनलाई भदौ ३ गते उपचारका लागि आईसीयूूमा भर्ना गरिएको थियो। 

त्यही दिन स्वाब संकलन गरेर परीक्षणका लागि पठाउँदा ५ गते सोमबार रिपोर्ट पोजेटिभ आएको अस्पतालको आइसोलेसनका प्रमुख डा. पुरु कोइरालाले बताए । 

उनलाई उपचारका लागि भर्ना गर्दा ज्वरो, जटिल खालको नियमोनिया, श्वासप्रश्वास तथा मृगौला सम्बन्धी समस्या रहेको जानकारी डा. कोइरालाले दिए।  

अस्पतालले मृतकको शव नियमअनुसार व्यवस्थापन गरिने जनाएको छ । 


 

प्रकाशित: Sep 23, 2020| 04:21 बुधबार, असोज ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।