शनिबार, भदौ १३, २०८३

परीक्षणबिनै ६ दिनमा १ लाख व्यक्ति भित्रिए काठमाडौं

लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालनमा आएसँगै पछिल्लो ६ दिनमा १ लाखभन्दा धेरै मानिस काठमाडौं उपत्यका प्रवेश गरेका छन् । 
 |  बुधबार, असोज ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज ७, २०७७

काठमाडौं- लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालनमा आएसँगै पछिल्लो ६ दिनमा १ लाखभन्दा धेरै मानिस काठमाडौं उपत्यका प्रवेश गरेका छन् । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार विभिन्न नाकाबाट  २४ हजार ३४७ वटा सवारी साधन भित्रिएका छन् । त्यसमा सवार १ लाख १ हजार ६२८ जना यात्रु काठमाडौं प्रवेश गरेको महाशाखाले जनाएको छ । 

यस्तै २४ हजार ६ वटा सवारी साधन काठमाडौंबाट बाहिरिएका छन्।  तफ सवारी साधनमा करिब १ लाख व्यक्तिले काठमाडौं छाडेको ट्राफिक प्रहरीले जनाएको छ । 

काठमाडौं छाड्ने र भित्रिने कसैको पनि कोरोना परीक्षण गर्ने गरिएको छैन् । यद्यपि, काठमाडौंका धेरै घरबेटीहरुले भाडामा बस्नेलाई पीसीआरको रिपोर्ट बिना घरभित्र पस्न नदिएपछि अहिले टेकु अस्पतालमा कोरोना परीक्षण गराउनेको भीड लागेको छ । 

हरेक दिन ५ हजारभन्दा धेरै ब्यक्ति परीक्षणका लागि लाममा लाग्ने गरेको टेकु अस्पतालले जनाएको छ। परीक्षणको पालो कुर्न कयौं व्यक्तिहरु राति नै अस्पताल परिसरमा बास बस्ने गरेका छन् ।  

लकडाउनको समयमा काठमाडौंका विभिन्न नाकाबाट दैनिक दुई हजारको सङ्ख्यामा अत्यावश्यक सवारी साधन नाकाबाट आवतजावत गर्ने गरेका थिए।

सार्वजनिक सवारी साधन र लामो दूरीका सवारी साधन संचालनमा आएछि नाकाबाट बाहिरिने र भित्रिने सवारी साधनको  सङख्या बृद्धि भएको  ट्राफिक प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: Sep 23, 2020| 03:40 बुधबार, असोज ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।