शनिबार, भदौ १३, २०८३

बैतडी, दार्चुला र बझाङ जोड्ने सडक विस्तार सुरु

तीन जिल्ला जोड्ने सडकको रूपमा बैतडीको महत्वपूर्ण गन्ना–गनैखान सडकको ट्र्याक विस्तार गर्ने काम सुरु भएको छ। 
 |  बुधबार, असोज ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज ७, २०७७

बैतडी– तीन जिल्ला जोड्ने सडकको रूपमा बैतडीको महत्वपूर्ण गन्ना–गनैखान सडकको ट्र्याक विस्तार गर्ने काम सुरु भएको छ। 

बझाङ जिल्लासँग जोडिने जिल्लाको महत्वपूर्ण सडकका रूपमा रहेको सो सडकको ट्«याक विस्तारको काम सुरु भएको हो।  

बैतडीको गन्नादेखि बझाङको सिमाना गनैखानसम्म २० किलोमिटर ट्र्याक खोल्नका लागि निर्माण कम्पनीसँग सम्झौता भएर काम अघि बढिसकेको पूर्वाधार विकास कार्यालयका प्रमुख जगतप्रसाद जोशीले बताए। 

चन्द्रा एण्ड वसन्ता जेभी ग्वाल्लेक निर्माण सेवाले सात करोड लागतमा सो सडकमा काम गर्न थालेको हो।

गन्नादेखि गनैखानसम्मको सडकलाई पर्यटकीय हिसाबले पनि महत्वपूर्ण सडकका रूपमा लिन सकिने स्थानीय सन्तोष रानाले बताए। 

उनले भने, ‘तीन जिल्ला जोड्ने सडकका रूपमा यो सडकलाई लिन सकिन्छ र यसले स्थानीयस्तरको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने छ ।’ 

यो सडकले बैतडी, दार्चुला र बझाङलाई जोड्ने छ  । डिलाशैनी गाउँपालिका १ का वडाध्यक्ष अक्कल रानाका अनुसार बझाङको कालंगा जलविद्युत आयोजना र चमेलिया जलविद्युत आयोजनाको सर्किट जोड्न पनि यो सडकले महत्वपूर्ण योगदान पुग्ने छ । 

सडकको ट्र्याक खोल्न दुई वर्षको अवधि रहेको पूर्वाधार विकास कार्यालय बैतडीले जनाएको छ । 
रासस

प्रकाशित: Sep 23, 2020| 02:19 बुधबार, असोज ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।