शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतमा कोरोनाबाट मर्नेको संख्या ९० हजार नाघ्यो, कुन राज्यमा कति संक्रमित ?

भारतमा कोरोनाबाट मर्नेको संख्या ९० हजार नाघ्यो, कुन राज्यमा कति संक्रमित ?

पछिल्लो २४ घण्टामा १ हजार २४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या  ९० हजार २१ पुगेको हो । 
 |  बुधबार, असोज ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज ७, २०७७

काठमाडौं- छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार २४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या  ९० हजार २१ पुगेको हो । 

१ सेप्टेम्बर यता भारतमा हरेक दिन हजारभन्दा बढीको मृत्यु भएको छ। सेप्टेम्बरमा मात्र करीब २५ हजारको मृत्यु भइसकेको छ।

भारतमा अहिलेसम्म कोरोनाबाट ५६ लाख ४० हजारभन्दा बढी संक्रमित भइसकेका छन्। पछिल्लो २४ घण्टामा मात्रै ८० हजार ३ सय ७६ जनामा संक्रमण पुष्टि भएको छ । 

सबैभन्दा बढी संक्रमित र मृत्यु महाराष्ट्र राज्यमा भएको छ । जहाँ १२ लाख ४२ हजार ७ सयभन्दा धेरै संक्रमित भएका छन् भने ३२ हजार ४ सय ७ जनाको मृत्यु भएको छ । 

यस्तै आन्द्र प्रदेशमा ६ लाख ३९ हजार ३ सयभन्दा धेरैमा संक्रमण पुष्टि हुँदा ५ हजार ४ सय ६१ जनाको मृत्यु भएको छ । 

तमिलनाडुमा ५ लाख ५२ हजार ६ सय संक्रमित छन् भने ८ हजार ९ सय ४७ जनाको मृत्यु भएको छ । कर्णटकमा ५ लाख ३३ हजार ८ सय संक्रमित हुँदा ८ हजार २ सय २८ जनाको मृत्यु भएको छ । 

उत्तर प्रदेशमा ३ लाख ६४ हजार ५ सय संक्रमित भएका छन् भने ५ हजार २ सय १२ जनाको मृत्यु भएको छ । दिल्लीमा २ लाख ५३ हजारमा संक्रमण पुष्टि हुँदा ५ हजार ५१ जनाको मृत्यु भएको छ ।  

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा भने हालसम्म २ लाख ५ हजार ४ सय ३९ कोरोना संक्रमितको मृत्यु भएको छ । यस्तै ब्राजिलमा १ लाख ३८ हजार संक्रमितको मृत्यु भएको छ। 

विश्वभर हालसम्म ९ लाख ७४ हजार संक्रमितले ज्यान गुमाएका छन् भने ३ करोड १७ लाख ६१ हजार संक्रमित भएका छन् ।
 

प्रकाशित: Sep 23, 2020| 02:10 बुधबार, असोज ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।