शनिबार, भदौ १३, २०८३

चालकसँग घूस खाने ८१ ट्राफिक प्रहरी कारबाहीमा 

सवारी चालकसँग घुस खाने काठमाडौं उपत्यकाका ८१ जना ट्राफिक प्रहरी कारबाहीमा परेका छन् । 
 |  बुधबार, असोज ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज ७, २०७७

काठमाडौं- सवारी चालकसँग घुस खाने काठमाडौं उपत्यकाका ८१ जना ट्राफिक प्रहरी कारबाहीमा परेका छन् । 

जसमध्ये ७७ जना ट्राफिक प्रहरीलाई विभागीय कारवाही गरिएको छ भने अन्य ४ प्रहरीलाई सेवाबाटै बर्खास्त गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख  प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । 

यस्तै सवारी नियम उल्लङ्न गर्ने चालक र सहचालकले आर्थिक प्रलोभनमा पार्न खोज्दा त्यसलाई इन्कार गर्ने १७ ट्राफिक प्रहरीलाई भने सम्मान गरिएको छ। 

महानगरीय ट्राफिक प्रहरी महाशाखामा आयोजित कार्यक्रममा उनीहरुलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले दोसल्ला ओढाएर प्रशंसापत्रसहित सम्मान गरेका हुन् । 

यसअघि पनि प्रलोभनमा नपर्ने ५० ट्राफिक प्रहरीलाई महाशाखाले पुरस्कृत गरेको थियो।
 

प्रकाशित: Sep 23, 2020| 01:28 बुधबार, असोज ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।