शनिबार, भदौ १३, २०८३

रातभर वर्षा, आगामी शुक्रबारसम्म मौसम खराब रहने

गलबार रातभर लगातार पानी परेको छ। हाल भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्युन चापीय क्षेत्र रहेको र यो  पश्चिम–उत्तरपश्चिम सर्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  
 |  बुधबार, असोज ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज ७, २०७७

काठमाडौं– मंगलबार रातभर लगातार पानी परेको छ। 

हाल भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्युन चापीय क्षेत्र रहेको र यो  पश्चिम–उत्तरपश्चिम सर्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

न्यून चापीय क्षेत्र नेपाल नजिक आउने क्रममा रहेकाले देशभरकै मौसम बदली भएको महाशाखाले उल्लेख गरेको छ। जसको प्रभावले अहिले पनि देशका धेरै स्थानमा वर्षा भइरहेको छ। 
आगामी  २४ घन्टामा सबै प्रदेशका थोरै, थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। 

प्रदेश नं १,  २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ र कर्णाली प्रदेशका १,२ स्थानहरुमा धेरै भारी वर्षाको  सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने जनाउँदै सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।  

आगामी तीन दिनको मौसम  

असोज ७ गते  

दिउँसोः देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका घेरै स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

सबै प्रदेशका थोरैथोरै स्थानमा भारी वर्षाको सम्भावना छ भने प्रदेश नं १, २, ५, बाग्मती प्रदेश र गण्डकी प्रदेशका १, २ स्थानमा भारी वर्षाको समेत संभावना छ।

रातीः देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सबै प्रदेशका थोरैथोरै स्थानमा भारी वर्षाको सम्भावना छ भने प्रदेश नं १, ५, बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका १, २ स्थानमा धेरै भारी वर्षाको समेत संभावना छ।

असोज ८ गते 

दिउँसोः देशभर सामान्यदेखि पुर्णतया बदली रही देशका धेरै स्थानमा मेघगर्जन,चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाछ। सबै प्रदेशका थोरै,थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। प्रदेश नं १, ५, बाग्मती प्रदेश, गण्डकी प्रदेश,  र कर्णाली प्रदेशका १, २ स्थानहरुमा धेरै भारी वर्षाको संभावना छ।
 

रातीः देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानमा मेघगर्जन,चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

सबै प्रदेशका थोरै,थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, २, ५, बाग्मती प्रदेश र गण्डकी प्रदेशका १, २ स्थानमा धेरै भारी वर्षाको संभावना छ।

असोज ९ गते 

दिउँसोः प्रदेश नं १, २ र बाग्मती प्रदेशमा पूर्णतया बदली रही बांकी प्रदेशमा सामान्य  बदली रहनेछ। प्रदेश नं १, २ र बाग्मती प्रदेशमा धेरै स्थानमा र बांकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

प्रदेश नं १,  २ र बाग्मती प्रदेशका थोरै, थोरै स्थानमा भारी वर्षा र १,२ स्थानमा धेरै भारी वर्षाको  संभावना छ।
 

रातीः प्रदेश नं १, २ र बाग्मती प्रदेशमा  पूर्णतया बदली  रही बाँकी प्रदेशमा सामान्य  बदली रहनेछ। 

प्रदेश नं १, २ र बाग्मती प्रदेशमा धेरै स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

प्रदेश नं १, २ र बाग्मती प्रदेशका थोरै, थोरै स्थानमा भारी वर्षा र १,२ स्थानमा धेरै भारी वर्षाको  समेत संभावना छ।
 

प्रकाशित: Sep 23, 2020| 01:14 बुधबार, असोज ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।